बेपता व्यक्तिको शव भेटिएपछि क्षेत्रमा मच्चियो हो-हल्ला
बेपता व्यक्तिको शव भेटिएपछि क्षेत्रमा मच्चियो हो-हल्ला


सिलगढ़ी, 13 जुलाई (हि.स.)। सिलगढ़ी महकुमाको खोरीबाड़ी ब्लक अधिनस्थ बुरागञ् स्थित तेलीभिटा गाउँमा एकजना बेपत्ता व्यक्तिकोशव भेटिनाले व्यापक हो-हल्ला मच्चिएको छ। मृतकको नाम बुधलाल मुर्मू (49) हो। परिवारले हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेको छ। बुधवार मुर्मू बितेका दुई दिनदेखिको बेपत्ता थिए।

परिवारले धेरैवटा ठाउँमा खोजी गरे पनि उनको बारेमा पत्तो लगाउन सकेको थिएन। आइतवार बिहान घरदेखि केही मीटर टाड़ा गाउँको एउटा खाली घरबाट दुर्गन्ध आइरहेको कारणले स्थानीय मानिसहरू त्यहाँ भेला भए। त्यसपछि घरको जाँच गर्दा बुधवालको शव भेटियो। सूचना पाएपछि खोरीबाड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।

मृतकका भाइ श्यामु मुर्मूले भने, दाज्यु बेपत्ता भएदेखि उनीहरूले उनलाई चारैतिर खोजे, तर कतै पाएनन्। आज शव भेटिएको ठाउँमा दाज्यु कहिल्यै जाँदैनथ्यो। त्यसैले यो हत्याको मामिला हो भन्ने कुरा स्पष्ट हुन्छ। खोरीबाड़ी खानाको पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande