गान्तोक, 13 जुलाई (हि.स.)। विद्या भारती उत्तर बंगको सिलगढीस्थित प्रान्तीय कार्यालय शताब्दी सदनमा पूर्व क्षेत्र (सिक्किम, उत्तर बंग, दक्षिण बंग, ओडिशा एवं अण्डमान-निकोबार) को क्षेत्रीय बैठक 12-13 जुलाई, 2025 मा सम्पन्न भयो। पूर्व क्षेत्रका अध्यक्ष गोपाल चन्द हलदार, विद्या भारतीको अखिल भारतीय सह मन्त्री पवित्रा दाहालको बाहुलीद्वारा दीप प्रज्जवलनका साथ बैठक शुभारम्भ भयो।
बैठकमा अपेक्षित 13 पदाधिकारी उपस्थित भएर कार्यको समीक्षा, वर्तमान स्थिति, आयामी योजना, शैक्षिक गुणस्तर, विद्यालयको विकास, क्रियान्वयन आदि विषयमा विस्तारपूर्वक चर्चा भयो। पूर्व क्षेत्रका संगठन मन्त्री डा. आनन्द रावले बैठकको विषयहरूमाथि प्रकाश पारे। बैठकमा विस्तारपूर्वक चर्चापछि केही आगामी कार्यक्रमहरू तय भएका छन्।
संघको शताब्दी वर्षमा विद्या भारतीद्वारा 'मातृ सम्मेलन' मातृ शक्तिलाई अगाडि बढाउने विषयमा पनि चर्चा भयो। यस कार्यक्रमको नाम 'सप्त शक्ति संवर्धनि संगम' राखिएको छ। आगामी 5 अक्टोबरदेखि 23 जनवरी, 2026 सम्म उक्त कार्यक्रम आयोजन गरिने निर्णय लिइएको छ।
देशभरिका शिशु मन्दिरहरूको माध्यमद्वारा मातृ शक्तिको नेतृत्वमा विराट एवं विशाल मातृ सम्मेलन हुनेछन्। यो पञ्च परिवर्तनका पॉंच विषयलाई सम्मेलनको माध्यमद्वारा समाजसम्म लिएर जाने कार्यक्रम रहेको विद्या भारती पूर्व क्षेत्रको प्रचार विभागले आज एक विज्ञप्तिमा दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल