चौथो दिन पनि स्कूलहरूलाई बमको धम्की
चौथो दिन पनि स्कूलहरूलाई बमको धम्की


नयाँ दिल्ली, 18 जुलाई (हि.स.)। राजधानी दिल्लीमा शुक्रवार बिहान पनि 45 वटा भन्दा अधिक स्कूलहरूलाई ई-मेलको माध्यमबाट बम विस्फोटको धम्की प्राप्त भयो। यस घटनाको कारणले विद्यार्थी, अभिभावक एवं स्कूल प्रशासनमा भय व्याप्त भयो।

दिल्ली पुलिसलाई घटनाको जानकारी प्राप्त हुनसाथ बम निरोधक दल, डग स्क्वायड तथा दमकल विभागका टीमहरू विभिन्न स्कूलहरू तर्फ प्रस्थान भए। सुरक्षा एजेन्सीहरूले केही स्कूलहरूमा खोजी अभियान शुरू गरेका छन्।

यो यस हप्ताको चौथो दिन हो जतिबेला दिल्लीका स्कूलहरूलाई यस प्रकारको धम्कीपूर्ण ई-मेल प्राप्त भएको। यसपूर्व पनि गए मंगलवार, बुधवार अनि बिहीवार यसरी नै कतिपय स्कूलहरूलाई धम्की प्राप्त भएको थियो, तर हरेक पल्ट नै जाँचमा त्यस्तो विस्फोटकहरू हात लागेन।

बमको धमकी पाउने स्कूलहरूमा क्रमैले दक्षिण दिल्ली: समरफिल्ड इन्टरनेशनल स्कूल, डीपीएस मथुरा रोड, एमिटी इन्टरनेशनल स्कूल (साकेत), द इण्डियन स्कूल, मदर डे स्कूल (तिलक लेन), पश्चिमी दिल्ली: ड्वारका इन्टरनेशनल स्कूल, म्याक्सफोर्ट जूनियर स्कूल, आधुनिक इन्टरनेशनल स्कूल, ला पेटिटे मोन्टेसरी, डून पब्लिक स्कूल (पश्चिम विहार), जीडी गोयंका स्कूल, रोहिणी: एमआरजी स्कूल (सेक्टर 3), डीपीएस (सेक्टर 24), हेरिटेज स्कूल (सेक्टर 24), अबिनव पब्लिक स्कूल (सेक्टर 3), दिल्ली इन्टरनेशनल पब्लिक स्कूल (सेक्टर 9), सवरेन पब्लिक स्कूल, उत्तर दिल्ली: सेन्ट जेभियर्स सीनियर सेकेण्डरी स्कूल (राज निवास मार्ग), नर्थ दिल्ली पब्लिक स्कूल (शालीमार बाग), कुलाची हंसराज मोडल स्कूल (अशोक विहार)।

पूर्वी दिल्ली: भारती पब्लिक स्कूल (स्वस्थ्य विहार), दक्षिण-पूर्वी दिल्ली: हमदर्द पब्लिक स्कूल (संगम विहार), डीपीएस (आरके पुरम, ईस्ट अफ कैलाश, वसन्त विहार), जूनियर दिल्ली स्कूल, फेथ अकाडेमी (प्रसाद नगर), दिल्ली जैन पब्लिक स्कूल (पालम), प्रूडेंस स्कूल, मिरा नर्सरी स्कूल (जनकपुरी), क्याम्ब्रिज फाउण्डेशन स्कूल (राजौरी गार्डन), दिल्ली सिटी स्कूल (बवाना), बिग फेदर इन्टरनेशनल स्कूल, द ब्रिटिश स्कूल (चाणक्यपुरी) सामेल छन्।

पुलिस अधिकारी अनुसार मामिलालाई गम्भीर रूपमा लिएर सबै सम्बन्धित स्कूलहरूमा खोजी एवं बचाउ अभियान शुरू गरिएको छ। बम निरोधक दलहरूले परिसरको जाँच शुरू गरिसकेका छन्। अहिलेसम्ममा 25 वटाभन्दा अधिक स्कूलहरूको जाँच गरिसकिएको छ जसमा विस्फोटक सामग्री केही पनि पाइएको छैन। हाल दिल्ली पुलिसको साइबर सेलले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande