तामुलपुरमा बीटीसी चुनाउको तयारीलाई लिएर बैठक
तामुलपुरमा बीटीसी चुनाउको तयारीलाई लिएर बैठक


तामुलपुर (असम), 18 जुलाई (हि.स.)। आगामी बीटीसी चुनाउको तयारीलाई लिएर एक बैठक आज तामुलपुर जिल्लाकी अतिरिक्त आयुक्त हेमाश्री खनिकरको अध्यक्षतामा उनको कार्यालय कक्षमा सम्पन्न भयो। यस परिषदको चुनाउको लागि विभिन्न विभागहरूबाट अधिकारी एवं कर्मचारीहरूको सूची तयार बनाउने विभागीय अधिकारीहरूसित आग्रह गरियो।

सूची बनाउँदै गर्भवती महिला र स्तनपान गराइरहेका माताहरूको स्पष्ट उल्लेख गर्नको लागि पनि उनीहरूसित आग्रह गरियो ताकि उनीहरूलाई ड्यूटीमा खटाउँदा उचित विचार गर्न सकियोस्। चुनाउको लागि चाँड़ै नै सेल पनि स्थापना गरिनेछ।

उल्लेखनीय छ, वर्तमानमा जिल्लाका पाँच वटा परिषद क्षेत्रहरूमा 382 वटा मतदान केन्द्रहरू स्थापना गरिएको छ। तथापि मतदाता सूची प्रकाशित भएपछि यो संख्या अझ बढ़्ने सम्भावना छ। आजको बैठकमा स्कूलहरूका उप-निरीक्षक फुलेश्वर नुनिसा, तामुलपुरका खण्ड विकास अधिकारी देवकुमार बसुमतारी, गोरेश्वरका खण्ड विकास अधिकारी डा. जिन्टू दत्ता, तामुलपुरका खण्ड प्राथमिक शिक्षा अधिकारी अरुञ्जय खुंगुर ब्रह्म, गोरेश्वरका खण्ड प्राथमिक शिक्षा अधिकारी अनचिमा दैमारी सहित सम्बन्धित विभागीय अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande