दिल्लीबाट बेपत्ता नाबालिकलाई लखनऊबाट उद्धार गरी परिवारलाई सुम्पिइयो
दिल्लीबाट बेपत्ता नाबालिकलाई लखनऊबाट उद्धार गरी परिवारलाई सुम्पिइयो


नयाँ दिल्ली, 18 जुलाई (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले ‘अपरेशन मिलाप’अन्तर्गत एक जना 15 वर्षीय किशोरीलाई लखनऊ (उप्र)-बाट उद्धार गरी परिवारसित भेट गराइदिएको छ। पुलिसले किशोरीलाई लखनऊको टकरोही, इन्दिरा नगर, अम्बेडकर चौक नजिकबाट उद्धार गरेको हो।

क्राइम ब्राञ्चका डीसीपी हंर्ष इन्दौरा अनुसार गत 7 फरवरीमा बाहिरी जिल्लाको निहाल विहार थानामा एक जना 15 वर्षीय किशोरी अपरहरण भएको रिपोर्ट दर्ता गरिएको थियो। स्थानीय पुलिस अतिरिक्त क्राइम ब्राञ्चलाई पनि यस मामिलाको जाँचमा खटाइएको थियो। मामिलाको गम्भीरलाई मध्यनजर गर्दै महिला एएसआई नरिन्दर कौरले जाँच शुरू गरिन्।

टीमले टेक्निकल सर्भिलान्सको मद्दत लियो। यसबीच पुलिसलाई थाहा लाग्यो कि किशोरीको लोकेशन लखनऊको अम्बेडकर चौक नजिक देखाइरहेको छ। टीमले तत्परता देखाउँदै लखनऊ पुगेर एउटा घरबाट उक्त किशोरीलाई उद्धार गऱ्यो। किशोरीलाई सकुशल दिल्ली ल्याएर परिवारलाई सुम्पिइयो। हाल अग्रिम कानूनी कारबाही निहाल विहार थानाको पुलिसले गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande