दुर्गापुर, 18 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित दुर्गापुर ऱ्यालीपूर्व शहरभरि नै उत्साह अनि उल्लास छाएको छ। शुक्रवार हुन गइरहेको यस जनसभापूर्व हजारौं संख्यामा मानिसहरू दुर्गापुरमा भेला भएका छन् जसबाट सम्पूर्ण क्षेत्र उत्सव स्थलमा परिणत भएको छ। प्रधानमन्त्रीले यस भ्रमणमा पश्चिम बंगाललाई पाँच हजार करोड़ रुपियाँभन्दा अधिकको उपहार दिनेछन्।
स्थानीय मानिसहरूको सेवा भावनाले मन जित्यो-
ऱ्यालीको निम्ति भीड़ मात्र एकत्र भएको छैन, सेवाको भावना पनि देख्न पाइँदैछ। दुर्गापुर निवासी देव प्रसाद हाजराले प्रधानमन्त्रीका समर्थकहरूलाई निःशुल्क ई-रिक्शा सेवा दिएर एउटा उदाहरण पेश गरे। उनले भने, यदि हामीले प्रधानमन्त्री मोदीलाई नजिकबाट देख्न नसके पनि अन्य मानिसहरूले देख्न सक्नेछन्, यही नै हो मेरो सेवाको उदेश्य।
यो ऱ्याली प्रधानमन्त्रीको बिहार अनि बंगाल दौड़ाहको एक भाग हो। बिहारलाई 7,200 करोड़ रुपियाँका परियोजनाहरू प्राप्त भएको छ भने अर्कोतिर पश्चिम बंगाललाई ऊर्जा, परिवहन एवं आधारभूत ढाँचासित सम्बन्धित परियोजनाहरूको लाभ मिल्नेछ। दुर्गापुरका एकजना स्थानीय मानिसले बताए, प्रधानमन्त्री हाम्रो शहरमा आइरहेका छन्, यो हाम्रो लागि गर्वको क्षण हो। यी परियोजनाहरूले यहाँका मानिसहरूको लागि एउटा नयाँ अवसर लिएर आउनेछन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा