झाड़ग्राममा ट्रेनसित ठोक्किएर माउ-बच्चा सहित तीनवटा हात्तीको मृत्यु
झाड़ग्राममा ट्रेनसित ठोक्किएर माउ-बच्चा सहित तीनवटा हात्तीको मृत्यु


झाड़ग्राम, 18 जुलाई (हि.स.)। झाड़ग्राम जिल्लामा गए बिहीवार अबेर राती एक पीड़ादायी घटना भयो जहाँ तीन वटा हात्तीहरूको एकैसाथ मृत्यु भयो जसमा हात्तीको माउ र बच्चा पनि सामेल छन्। यो दुर्घटना त्यसबेला भयो जतिबेला राज्य वन विभागद्वारा नियुक्त हुला पार्टीले हात्तीहरूको बथानलाई आवासीय बस्तीदेखि टाड़ा जंगल तर्फ लखेटिरहेको थियो।

यो दुर्घटना बनस्थला रेलवे स्टेशन, खड़गपुर रेल मण्डल अन्तर्गत जो झाड़ग्राम शहरदेखि लगभग 14 किमी टाड़ा भएको हो। जानकारी अनुसार राति लगभग 1:45 बजी खड़गपुर तर्फ गइरहेको जनशताब्दि एक्सप्रेसले ट्र्याक पार गरिरहेका हात्तीहरूलाई ठक्कर दियो।

राज्यकी वन मन्त्री बिरबाहा हांसदाले घटनाप्रति दुःख व्यक्त गर्दै भनेकी छन्, यो अत्यन्त दुःखदायी घटना हो। एउटा आमा हात्ती र उसको शावक अनि एउटा वयस्क हात्तीको ट्रेनले कुल्चिएर मृत्यु भएको छ। म अत्यन्त दुःखी भएको छु। म निश्चय पनि घटनास्थलको दौड़ाह गर्नेछु।

वन मन्त्री अनुसार राति 11 बजी नै रेलवेलाई हात्ती लखेट्ने प्रक्रिया बारे जानकारी दिइएको थियो। तथापि यो दुर्घटना भयो। उनले भनिन्, उत्तर बंगालमा हात्तीका गल्लीहरूमा ट्रेनको गतिलाई सीमित बनाउने सुप्रीम कोर्टको निर्देश छ, तर दक्षिण बंगालमा यस्तो कुनै व्यवस्था छैन। वन विभागले यस मामिलाको जाँच गर्ने आदेश दिएको छ।

वन अधिकारीहरूले पछि हात्तीहरूको शवलाई हटाएर ट्र्याकलाई सफा गराए।

उल्लेखनीय छ, हुला पार्टी स्थानीय युवकहरूको एक समूह हो जसलाई राज्य सरकारले हात्तीहरूलाई बस्ती तथा खेतहरूदेखि टाड़ा भगाउनको लागि नियुक्त गर्दछ। यिनीहरूले ढोल, मशाल, हल्ला एवं कहिले-काहीँ त आक्रमक ढंगमा हात्तीहरूलाई लखेट्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande