नयाँ दिल्ली, 21 जूलाई (हि.स.)। संसदको मनसून सत्रको शुरूआतमा राज्यसभाका सभापति जगदीप धनखड़ले सोमवार सदस्यहरूलाई सम्बोधित गर्दै राजनीतिक दलहरूसित सौहार्द र परस्पर सम्मानको भावना बनाइ राख्ने अपील गरे। उनले भने, निरन्तर कलहको वातावरणमा एक जीवन्त लोकतन्त्र फस्टाउन सक्दैन। उनले सबै दलहरूसित परामर्श, संवाद र विमर्शलाई प्राथमिकता दिने आग्रह गरे।
धनखड़ले भने, लोकतन्त्रको सार टकराउमा नभएर विचार-विनिमय र सकारात्मक बहसमा छ। राजनीतिक दलले अलग-अलग मार्ग मार्फत आफ्नो लक्ष्यसम्म पुग्न चाहेपनि कोहीपनि राष्ट्रहित विरूद्ध हुँदैनन्। यसैले संवादको संस्कृतिलाई अपनाउनु र टकराउदेखि बच्ने सबैको जिम्मेवारी हो।
सभापतिले टेलीविजन वा अन्य सार्वजनिक मंचहरूमा नेताहरू विरूद्ध अमर्यादित भाषा र व्यक्तिगत हमलादेखि बच्ने सुझाउ दिए। उनले भने, यस्तो आचरण हाम्रो सभ्यता र संसदीय गरिमाको मूल स्वरूप विरूद्ध हो। देशलाई दुर्बल बनाउने तत्वले हाम्रो आन्तरिक मतभेदहरूको लाभ उठाउँदछ, यसैले आपस्तको झगड़ाले हाम्रो दुश्मनलाई नै बलियो बनाउँदछ। उनले बल दिँदै भने, भारतको एतिहासिक शक्ति संवाद र विचार-विनिमयमा रहेको छ र यही परम्पराले संसदको मार्गदर्शन पनि गर्दछ।
धनखड़ले भने, लोकतन्त्रमा सत्तापक्ष र विपक्ष दुवैको भूमिका महत्वपूर्ण छ र सबै राजनीतिक दलले रचनात्मक राजनीति गरोस् भनी अपेक्षा गरिन्छ जसबाट भारतको प्रगति सुनिश्चित होस्। उनले विश्वास व्यक्त गरे, यदि सबै दलले सहयोग र सकारात्मक भागीदारी देखाए यो मनसून सत्र अत्यन्त उपयोगी र अर्थपूर्ण प्रमाणित हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी