मुम्बई, 21 जुलाई (हि.स.)। मुम्बईमा सोमवार बिहानैदेखि भारी पानी परिरहेकोले शहरका धेरै क्षेत्रहरू जलमग्न भएको छ। यसको फलस्वरूप पूर्वी उपनगरहरूको घाटकोपर, भान्डुप, मुलुन्ड, चेम्बूर, गोवन्डी र पश्चिम उप नगरको अन्धेरी, बान्द्रा, बोरीवली, दहिसर यसका साथै दक्षिण मुम्बईको दादर, किंगसर्कल, लालबाग आदि क्षेत्रहरूमा पानी जमा भएकोले लोकल ट्रेन र सड़क यातायात बाधित भएको छ। मुम्बई नगर निगमको तल्लो क्षेत्रहरूमा जमा पानीलाई पम्पिङको सहयोगले निकाल्ने प्रयास भइरहेको छ।
मौसम विभागले आज मुम्बई सहित कोंकणमा भारी वर्षाको चेताउनी दिएको छ। सोमवार बिहानैदेखि मुम्बई र उसका वरपरका उपनगरहरूमा भारी वर्षा जारी छ। भारी वर्षाको कारण घाटकोपर रेलवे स्टेशनबाट आउने-जाने कर्मचारीहरूलाई दुईदेखि तीन फीट पानी भएर यात्रा गर्नुपरिरहेको छ। मुम्बईको पूर्वी उपनगरहरूको घाटकोपर, भांडुप, मुलुन्ड, चेम्बूर, गोवंडी क्षेत्रहरूमा भारी पानी परिरहेको छ। यसले गर्दा धेरै तल्लो क्षेत्रहरूमा पानी जमा हुनु शुरू भएको छ। साकीनाका मेट्रो क्षेत्रका सड़कहरू जलमग्न भएका छन्। बाटो जलमग्न भएको कारण वाहन चालकहरूलाई बाटो खोज्नमा समस्या भइऱहेको छ।
यसबीच पश्चिम रेलवेको फास्ट लोकल ट्रेन 10-12 मिनट ढिलो कुदिरहेको छ। मुम्बईमा आज बिहानदेखि भारी पानी परिरहेको कारण वेस्टर्न एक्सप्रेस हाईवेमा भीषण जाम लागेको छ। पश्चिमी उपनगरहरूमा आज बिहानदेखि पानी परिरहेको कारण अन्धेरी सबवे पानीमा डुबेको छ। सबवेमा दुईदेखि तीन फीट पानी भरेको कारण अन्धेरी सबवेलाई यातायातको निम्ति बन्द गरिएको छ। वर्षाको कारण वेस्टर्न एक्सप्रेस हाईवेमा भीषण जाम लागेको छ। बोरीवलीदेखि बान्द्रा जाने बाटोमा सान्ताक्रूज, विले पार्ले, अन्धेरी, जोगेश्वरी, गोरेगाउँ र मलाडबीच भीषण जाम लागेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी