दुई साइबर ठग राजस्थानबाट पक्राउ
दुई साइबर ठग राजस्थानबाट पक्राउ


सिरसा, 22 जुलाई (हि.स.)। स्थानीय पुलिसले मोटो मुनाफा कमाउने प्रलोभन दिएर पीएचडी गरिरहेको छात्रबाट लगभग 94 हजार रूपियाँको साइबर ठगी गरेको मामिलामा दुई आरोपीलाई राजस्थानको सीकर क्षेत्रबाट पक्राउ गरेको छ। साइबर थाना प्रभारी सुभाष चन्द्रले मंगलवार बताए, पक्रा परेका आरोपीहरूको पहिचान मोहम्मद इरफान र वासिम निवासी सीकर राजस्थानको रूपमा गरिएको छ। यस सम्बन्धमा शुभम डूडी निवासी ऐलनाबादको शिकायतमा अज्ञात व्यक्तिहरू विरूद्ध मामिला दर्ता गरिएको थियो।

शुभमले शिकायतमा बतायो, मेसेजको माध्यमले उसलाई बजाज फाइनेन्स कम्पनीमा फर्जी नोकरीको प्रस्ताव प्राप्त भयो। टेलीग्राम लिंकको माध्यमले जालमा फसाएर विभिन्न टास्कको बहाना बनाएर आरोपीहरूले उसको ब्याङ्क खाताबाट 94 हजार रूपियाँ ट्रान्सफर गराए। पुलिसले शिकायतको आधारमा धोकाधड़ीमा प्रयोग गरिएको ब्याङ्क खाताहरूको जानकारी जुटायो। पुलिसले महत्वपूर्ण साक्ष्यको आधारमा मोहम्मद इरफान र वासिमलाई सीकरबाट पक्राउ गऱ्यो।

आरोपीहरूले सोधपुछमा स्वीकार गरे कि उनीहरूले धोकाधड़ीको निम्ति फर्जी खाता संजीव शर्मा नामक व्यक्तिबाट प्राप्त गरेका थिए। गिरफ्तारी भएपछि आरोपीहरूको निशानदेहीमा ब्याङ्क खाता र मोबाइल नम्बर प्राप्त गरिएको छ।

उनले बताए, आरोपीहरूलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा लिएर जेल पठाइएको छ। साइबर थाना प्रभारीले मानिसहरूसित साइबर ठगहरूको जालमा नफंस्ने र यदि यस्तो कुनै मामिला हुन्छ भने तुरन्तै पुलिसलाई सूचित गर्ने अपील गरेका छन् ताकि समय रहँदै कारबाही गर्न सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande