संघ प्रमुख भागवतले 26 देखि 28 अगस्तसम्म नयॉं दिल्लीमा परिचर्चा गर्नेछन्
राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा मोहन भागवतको फाइल फोटो।


नयॉं दिल्ली, 22 जुलाई (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका प्रमुख डा. मोहन भागवतले 26 देखि 28 अगस्तसम्म नयॉं दिल्लीमा एक परिचर्चालाई सम्बोधित गर्नेछन्। संघको शताब्दी वर्षको उपलक्ष्यमा यसको आयोजन विज्ञान भवनमा गरिने छ।

दिल्लीका प्रान्त संघचालक डा. अनिल अग्रवालले भने, संघ प्रमुखले 26, 27 र 28 अगस्तमा हरेक दिन सॉंझ 5:30 देखि 7:30 बजीसम्म दिल्लीको विज्ञान भवनमा एक परिचर्चालाई सम्बोधित गर्नेछन्। यस परिचर्चामा सम्मिलित बन्नका लागि देश-विदेशका प्रतिष्ठित व्यक्तिहरूको सूची बनाएर निमन्त्रणा गरिॅंदैछ।

उल्लेखनीय छ, यस अघि सन् 2017 मा 16 देखि 18 सेप्टेम्बरसम्म दिल्लीको यसै विज्ञान भवनमा संघ प्रमुख भागवतले यस्तै तीन दिवसीय परिचर्चामा भाग लिएका थिए। संघको इतिहासमा यस्तो पहिलो आयोजन थियो। उक्त आयोजनमा 60 भन्दा धेरै देशका दिल्लीस्थित राजदूत अथवा हाई कमिश्नर, देशका सबै राजनीतिक दलहरू, संस्थानका प्रमुखहरू र फिल्मका कलाकारहरूलाई पनि आमन्त्रित गरिएको थियो।

2017 मा आयोजित परिचर्चामा संघ प्रमुखले संघको स्थापना, उद्देश्य र गतिविधिहरूका साथै संघको बारेमा केही गलत धारणाहरूलाई तोड्नका लागि स्पष्ट विचारहरू राखेका थिए। अन्तिम दिन, केही सम्भ्रान्त स्वजनहरूका प्रश्नहरूको उत्तर पनि दिएका थिए।

सन् 1925 मा स्थापित राष्ट्रिय स्वयंसेवक संघको यो शताब्दी वर्ष हो। यो वर्ष विजयादशमीदेखि लिएर अर्को वर्षको विजयादशमीसम्म् रा.स्व.संघले अनेक कार्यक्रमहरूको माध्यमद्वारा व्यापक जन सम्पर्क योजना बनाएको छ। सोही क्रममा देशका चार प्रमुख स्थानहरूमा संघ प्रमुख डा. मोहन भागवत तीन-तीन दिवसीय व्याख्यान माला र परिचर्चामा भाग लिने तय गरियो।

पहिलो आयोजन दिल्लीमा 26 देखि 28 अगस्तसम्म हुनेछ। यस अतिरिक्त मुम्बई, कोलकाता र बेङलुरूमा यस्तै आयोजन गरिने छन्। यसरी नै, देशव्यापी रूपमा 1500 भन्दा धेरै स्थानहरूमा सम्मेलन आयोजित गरिने छन्। साथैद्व घर-घर सम्पर्क गरेर संघ साहित्यको माध्यमद्वारा संघको विचारधारा र कार्यहरूको जानकारी मानिसहरूसम्म पुऱ्याइने छ। संघ आफ्नो शताब्दी वर्षमा प्रत्येक ग्रामसम्म सम्पर्क स्थापित गर्ने अभियानमा जुटेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande