खरसाङ, 22 जुलाई (हि.स.)। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा महिनाव्यापी सावनको पूजा र रुद्री पाठ चलिरहेको छ। यसपाली 22औं रुद्री पाठ रहेको र यो 2003 देखि वार्षिक रुपमा लगातार रुपमा चलिरहेको छ भने यो सावन महिनाभरि चल्ने बताइएको छ।
उक्त महिनाव्यापी सावनको पूजा एवं रुद्री पाठ रामेश्वर शिवालय मन्दिरको पण्डित राजेन निरौलाको अगुवाईमा आयोजनामा भइरहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रामेश्वर शिवालय मन्दिर सुधार समितिका सचिव विनयकुमार छेत्रीले सन् 1954 मा स्थापित तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा प्रत्येक वर्ष झैं यसपाली पनि महिनाव्यापी सावनको शिव पूजा एवं महिनाव्यापी रुद्री पाठको आयोजना गरिएको बताए।
उनले यसपालीदेखि मन्दिर जीर्णोद्धारको लागि कार्य चलिरहेको बताउॅंदै सहयोगको लागि आह्वान गरेका छन्। उनले यस महिनाव्यापी सावनको पूजाको अवसरमा सबैको भलो होस् र सबैको राम्रो होस् भनी कामना गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक