बीजापुर, 27 जुलाई (हि.स.)। छत्तीसगढ़को बीजापुर जिल्लाको बासागुड़ा थाना अन्तर्गत दक्षिण-पश्चिमी क्षेत्रमा शनिवार साझँ नक्सलीहरूसित भएको भिड़न्तमा मारिएका 17 लाख रूपियाँ इनामी चार नक्सलीहरूको पहिचान भएको छ। यसमा दुई महिला नक्सली सामेल थिए।
मारिएका यी नक्सलीहरूको पहिचान पाँच लाख इनामी हुंगा एसीएम, प्लाटून नम्बर 10 दक्षिण सब जोनल ब्यूरो, पाँच लाख इनामी लक्खे एसीएम, प्लाटून नम्बर 30, दक्षिण सब जोनल ब्यूरो, पाँच लाख इनामी भीमे एसीएम, दक्षिण सब जोनल ब्यूरो, दुई लाख इनामी निहाल ऊर्फ राहुल, पार्टी सदस्य (सन्तोष, ब्यूरो कम्युनिकेशन टीम हेडको गार्ड) दक्षिण सब जोनल ब्यूरोको रूपमा गरिएको छ।
बीजापुरका पुलिस अधीक्षक जितेन्द्र यादवले बताए, जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा नक्सली क्याडरको गतिविधिहरूको विश्वसनीय सूचनाको आधारमा डीआरजी बीजापुरको टीमले सर्च अपरेशन चलाएको थियो।
सोही अवधि 26 जुलाई 2025 साझँ पुलिस बल र नक्सलीहरूबीच रोकिन्दै भिड़न्त भइऱह्यो। भिड़न्तपछि भिड़न्त स्थलको तलाशीमा 17 लाख इनामी 4 नक्सलीहरूको शव सहित 1 नग एसएलआर, 3 म्याग्जीन, 15 जिउँदो राउण्ड, 1 नग इन्सास, 3 म्याग्जीन, 40 जिउँदो राउण्ड, 1 नग .303 रायफल, 1 म्याग्जीन, 16 जिउँदो राउण्ड, 1 नग बीजीएल लाञ्चर (सुरखा) 3 नग सेल, 1 नग सिंगल शट 315 बोर रायफल, 1 नग 12 बोर बन्दूक, 12 नग जिउँदो सेल, एके 47 को 08 जिउँदो राउण्ड सहित बीजीएल सेल सानो 3 नग, ग्रेनेड 1 नग, नक्सल सामग्री र अन्य दैनिक उपयोगका सामग्री जफत गरिएको छ। मृत सबै नक्सलीहरूको पहिचान गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी