दुईवटा मतदाता परिचय पत्र राखेको आरोपमा बंगलादेशी नागरिक पक्राउ
दुईवटा मतदाता परिचय पत्र राखेको आरोपमा बंगलादेशी नागरिक पक्राउ


कोलकाता, 30 जुलाई (हि.स.)। गुप्त सूचनाके आधारमा क्यानिंग थानाको पुलिसले मंगलवार राती इटखोला ग्राम पञ्चायत अन्तर्गत मधुखाली क्षेत्रबाट दुईवटा मतदाता परिचय पत्र राखेको आरोपमा एकजना व्यक्तिलाई हिरासतमा लियो। हिरासतमा लिइएको व्यक्तिको पहिचान अकबर अली मोल्लाको रूपमा भएको छ।

जाँच अवधि थाहा लाग्यो, आरोपी लगभग 15-16 वर्षदेखिकै भारतमा अकबर अली मोल्लाको रूपमा बस्दै आइरहेको थियो। पुलिस जाँचमा आरोपीबाट बंगलादेशी मतदाता परिचय पत्र भेटियो जसमा उसको नाम मोहम्मद अकबर अली गाजी अंकित रहेको छ।

प्रारम्भिक जाँचबुझमा थाहा लागे अनुसार आरोपी बंगलादेशको साठखिरा जिल्लाको मूल निवासी हो। पुलिसले सन्देह व्यक्त गरेको छ, आरोपीले भारतमा भिन्नै नाममा मतदाता पहिचान पत्र सहित अन्य भारतीय दस्तावेज अवैध रूपमा हासिल गरिसकेको छ। यो पनि जाँच गरिँदैछ, उ कुन माध्यमबाट भारतमा आएको थियो र यी दस्तावेजहरू कसरी बनायो। आरोपीलाई बुधवार पुलिस रिमाण्डको निम्ति आवेदन सहित अलिपुर अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande