धुबड़ी (असम), 30 जुलाई (हि.स.)। गुप्त सूचनाके आधारमा असमतो धुबड़ी जिल्ला अन्तर्गत गौरीपुर पुलिसले एउटा चोरीको मोटरसाइकल जफ्त गर्दै दुईजना मानिसहरूलाई पक्राउ गरेको छ। गौरीपुर थानामा हिरो सुपर स्प्लेण्डर (एएस-16एफ-1232) बाइक चोरी भएको मामिला पहिला नै दर्ता थियो।
पुलिसले जाँच गर्ने क्रममा गौरीपुर थाना क्षेत्रको बगलुमारीका करिम शेख 934) र जहरमुड़ा निवासी सद्दाम हुसैनलाई पक्राउ गरेर थाना लग्यो। यस अतिरिक्त अर्को अभियानमा गौरीपुर पुलिसले अवैध दस्तावेज बिनाका तीनवटा मोटरसाइकललाई पनि जफ्त गरेको छ। पुलिसले बुधवार बतायो, पक्रा पर्ने दुवै आरोपीविरूद्ध कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा