भारतीय अर्थव्यवस्था ठप्प छ, पूरा विश्वलाई थाहा छ, पीएमले पनि यसलाई स्वीकार गरून्- राहुल गान्धी
राहुल


नयाँ दिल्ली, 31 जुलाई (हि.स.)। कांग्रेसका पूर्व अध्यक्ष एवं लोकसभामा विपक्षका नेता राहुल गान्धीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भारतमाथि 25 प्रतिशत आयात शुल्क (टेरिफ) लगाउने घोषणा र भारतीय अर्थव्यवस्थालाई डेड इकोनमी भनिनुलाई लिएर केन्द्र सरकारलाई लक्षित गरेका छन्। उनल भने, पूरा विश्वलाई थाहा छ, भारतीय अर्थव्यवस्था ठप्प छ तर प्रधानमन्त्री नरेन्द्र मोदी र वित्त मन्त्री यसलाई स्वीकार गर्न तयार छैनन्।

राहुल गान्धीले बिहिवार संसद भवन परिसरमा पत्रकारहरूलाई भने, ट्रम्पले केवल सत्य उजागर गरेका छन्। उनले आरोप लगाए, भारतीय जनता पार्टी (भाजपा) सरकारले अर्थव्यवस्थालाई पूर्ण रूपले बर्बाद गरेको छ र यो सब उद्योगपतिहरूलाई लाभ पुऱ्याउन गरिएको हो। उनले विदेश नीतिमाथि पनि सरकारलाई घेरे औं भने, सरकारले यसलाई ‘जीनियस फरेन पोलिसी’ भन्छ जबकि अमेरिकाले भारतमाथि आरोप लगाइरहेको छ, चीन सीमामा आक्रामक छ र पाकिस्तान विरूद्ध कुनैपनि देशले खोल्लेर बोलिरहेको छैन। उनले सोधे, जब पूरा विश्वमा भारतले डेलिगेशन पठाउँछ, तबपनि पाकिस्तानको कुनै देशले निन्दा किन गर्दैन ?

नेता प्रतिपक्ष राहुल गान्धीले भने, पाकिस्तानको तत्कालीन जनरल र वर्तमानमा फील्ड मार्शल आसिम मुनीर, जसमाथि भारतमा आतङ्की हमला गराएको आरोप छ, उनको साथ ट्रम्पले लञ्च गरिरहेका छन् र सरकारले यसलाई आफ्नो कूटनीतिक सफलता बताइऱहेको छ। ट्रम्पले धेरै पल्ट भनेका छन्, उनले संघर्ष विराम गराएका छन् र पाँच जहाज झारियो। तरैपनि सरकारले यसमा कुनै प्रतिक्रिया किन दिइऱहेको छैन ?

उल्लेख्य, ट्रम्पले भारतमाथि 25 प्रतिशत टेरिफ लगाएपछि सोशल मीडिया प्लेटफार्म ट्रूथ सोशलमा एक पोस्टमा भने, उनलाई भारतको रूससित व्यापारिक समझौताहरूको कुनै चिन्ता छैन। दुवै देशले मिलेर आफ्नो 'मृत अर्थव्यवस्थाहरू' लाई तल झार्नसक्छन्। हामीले भारतको साथ धेरै कम व्यापार गरेका छौं। भारतको टेरिफ विश्वमा सबैभन्दा धेरै छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande