समाजसेवी तथा साहित्यकार आशा मुखिया लामा लडेर घाइते
समाजसेवी तथा साहित्यकार आशा मुखिया लामा लडेर घाइते


खरसाङ, 10 अगस्त (हि.स.)। खरसाङकी समाजसेवी, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा, साहित्यकार एवं साहित्य अकादमी नयाँ दिल्ली नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा बाटोमा लडेर घाइते भएकी छन्। उनलाई अस्पताल भर्ना गरिएको छ।

उनी खरसाङको वार्ड नम्बर 20 मंगलसिंह तामाङ पथमा रहेको लेऊमा चिप्लिएर लडेपछि अस्पताल लगिएको बताइएको छ। खरसाङ महकुमा अस्पतालमा गरिएको उपचारको क्रममा उनको मेरुदण्डमा चोट लागेको पत्ता लागेको जानकारी प्राप्त भएको छ। अस्पतालमा उपचारपछि उनलाई घरमा ल्याएको र थप उपचारको लागि सिलगढी लगिने भएको बताइएको छ।

उनले यहाँ अहिलेसम्म पनि मरमत्ति नगरिएको र मानिसहरु हिँड्ने बाटो सहज बनाउन कुनै पहल नगरिएको पनि बताएकी छन्। उनले यो खरसाङको लागि ऐतिहासिक बाटो रहेको बताउॅंदै कसैले पनि यसको मतमत्ति‌‌ नगरिदिएकोमा गुनासो गरेकी छन्।

आशा मुखिया लामाले जानकारी गराए अनुसार, यो धरणीधर शर्मा बसेको ठाउँ हो। ब्रिटिशकालीन समयमा दलबहादुर राई बसेको ऐतिहासिक स्थान हो, तर यहाँ अहिलेसम्म बाटो मरमत्तिको कार्य गरिएको छैन। उनले यहाँको बाटोमा आफैले ब्लिचिङ छर्ने गरेको बताउँदै यही बाटोमा केही दिन अघि उनको श्रीमान् पनि लडेको बताइन्। उनले यस बाटोको मरमत्ति गरिदिन सम्बन्धित विभाग समक्ष निवेदन गरेकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande