भोपाल, 10 अगस्त (हि.स.)। मध्य प्रदेशमा रायसेन जिल्लाको उमरिया गाउँको दशहरा मैदानमा रक्षा मन्त्री राजनाथ सिंहले आइतवार ब्रह्मा परियोजनाको भूमिपूजन गरे। 60 हेक्टरभन्दा अधिक भूमिमा 1800 करोड़ रूपियाँको लागतले बनिने ब्रह्मा परियोजना (बीईएमएल रेल हब फर मैन्युफैक्चरिंग) बाट भोपाल, रायसेन, सीहोर र विदिशा आदि जिल्ला त लाभान्वित हुनेनै छन्, यी जिल्लाहरूका तकनीकी संस्थानहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि रोजगारको अवसर पनि सृजित हुनेछ।
कार्यक्रमलाई सम्बोधित गर्दै रक्षा मन्त्री राजनाथ सिंहले भने, रक्षा क्षेत्रको केन्द्र बन्नका लागि जुन गुण चाहियो, त्यो मध्य प्रदेशसित छ। सबै संसाधान यहाँ उपलब्ध छन्। मध्य प्रदेश पूरा हिन्दुस्तानमा देशको हृदय प्रदेशको रूपमा चिनिन्छ। आज यहाँ 1800 करोड़को लागतको यस परियोजनाको भूमिपूजन भएको छ। यसको निर्माणपछि 5 हजार मानिसहरूले रोजगार पाउनेछन्। अगाड़ी पनि रक्षा क्षेत्रको माध्यमले जेपनि हुनसक्छ, म सदैव तयार रहनेछु।
उनले भने, यहाँ रेल डब्बाहरूको निर्माण त हुनेनै छ, रेलवेका अलग-अलग उत्पाद पनि बनाइनेछ। दुई वर्षभित्र यसको काम पूरा हुनेछ। यसबाट वरपरका क्षेत्रको पनि विकास हुनेछ। देशभरिको सबै तीव्र गतिमा कुद्ने ट्रेनहरूमा मध्य प्रदेशमा बनिने रेलवे कोच लाग्नेछ। देशको अर्थव्यवस्था आज विश्वभरिमा सबैभन्दा तीव्र गतिमा लगभग साढ़े 6 प्रतिशतको दरले बढ़िरहेको छ। उद्योग धन्धाहरूको मामिलामा मध्य प्रदेश पनि निक्कै तीव्र गतिमा अघि बढ़िरहेको छ। 30 लाख करोड़भन्दा अधिकको निवेश मध्यन प्रदेशले पाएको छ। मध्य प्रदेश सरकारले 18 हजार हेक्टरको भूमि ब्याङ्क तयार गरेको छ। कनेक्टिविटीको उत्तम सुविधा पनि उपलब्ध गराइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी