नयाँ दिल्ली, 10 अगस्त (हि.स.)। चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले ‘अपरेशन सिन्दूर’ को जीतलाई तीनै सेनाबीच तालमेल र परिचालनमा एकजुटताको प्रमाण बताएका छन्। जनरल अनिल चौहानले प्रौद्योगिकी संचालित आधुनिक युद्धमा विघटनकारी परिवर्तनहरूको सामना गर्न व्यापक क्षमता विकास, आत्मनिर्भरता र सेनामा भइरहेका परिवर्तनकारी बदलावहरूको गहिरो ज्ञानको महत्वमाथि बल दिए।
सिकन्दराबादको कलेज अफ डिफेन्स मेनेजमेन्टमा 21औं उच्च रक्षा प्रबन्धन पाठ्यक्रमको प्रतिभागीहरू र वरिष्ठ अधिकारीहरूसित कुराकानी गर्दै सीडीएसले सशस्त्र बलहरूमा संयुक्तता र एकीकरणमा रणनीतिक दृष्टिकोण साझा गरे। उनले एकीकृत अभियानहरूको भविष्यको कार्य योजनालाई आकार दिन अहम बिन्दूहरूमाथि प्रकाश पारे। सीडीएसले ‘राष्ट्रिय सुरक्षा संरचना र उच्चतर रक्षा प्रबन्धन’ माथि एक गहन व्याख्यान दिए। उनले भारतको रक्षा संगठनको विकास र वर्तमान ढांचाको रूपरेखा प्रस्तुत गरे।
उनले सैन्य मामिलाहरूको विभागको उपलब्धीहरू, निर्णय लिनका लागि महत्वपूर्ण राष्ट्रिय सुरक्षा समितिहरूको कामकाज, संगठनात्मक पुनर्गठन सहित सुधारहरूको पालन र संयुक्त क्षमता बढ़ाउनका लागि थिएटर कमान्डको कार्य योजनामाथि प्रकाश पारे। उनले आफ्नो सम्बोधनमा उदियमान राष्ट्रिय सुरक्षा चुनौतीहरूको सामना गर्न निरन्तर सुधारहरू, आपसी तालमेल र अनुकूलनशीलताको महत्वमाथि बल दिए।
संयुक्त रसद र एकीकरणलाई मजबूत बनाउने निरन्तर प्रय़ासहरू अन्तर्गत जनरल अनिल चौहानले कलेज अफ डिफेन्स मेनेजमेन्टको तर्फबाट तयार पारिएको व्यापक मार्गदर्शिका ‘एकीकृत रसदको निम्ति संयुक्त प्राइमर’ जारी गरे। उनले स्मार्ट बाइक पब्लिक साइकिल शेयरिंग सुविधाको पनि उद्घाटन गरे, जसबाट कलेजका कर्मचारी दैनिक आवागमनको निम्ति पर्यावरण अनुकूल ई-साइकिलहरूको आदान-प्रदान गर्नसक्नेछन्। यो परियोजना स्मार्ट बाइक मोबिलिटी प्राइवेट लिमिटेडको सहयोगले लागू गरिएको छ र कलेजको पर्यावरण अनुकूल प्रथाहरू, स्मार्ट तकनीक र स्वस्थ जीवनशैली विकल्पहरू अपनाउने प्रतिबद्धतालाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / भवानी थामी