निर्मला सीतारमणले लोकसभामा संशोधित आयकर विधेयक 2025 पेश गरिन्
निर्मला


नयाँ दिल्ली, 11 अगस्त (हि.स.)। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले सोमवार लोकसभामा नयाँ आयकर विधेयक 2025 को संशोधित संस्करण पेश गरिन्। यस विधेयकमा बैजयन्त पान्डाको अध्यक्षता रहेको प्रवर समितिको अधिकांश सिफारिशहरूलाई सामेल गरिएको छ, जसले वर्तमान आयकर अधिनियम, 1961 लाई प्रतिस्थापित गर्नेछ।

वस्तुतः वित्त मन्त्री निर्मला सीतारमणले शुक्रवार नयाँ आयकर विधेयक, 2025 लाई फिर्ता लिएकी थिइन्, जसलाई 13 फरवरीमा लोकसभामा वर्तमान आयकर अधिनियम, 1961 को स्थानमा उनले पेश गरेकी थिइन्। संशोधित आयकर विधेयक 2025 मा भाजपा सांसद बैजयन्त जय पाण्डाको अध्यक्षता रहेको प्रवर समितिको अधिकांश सिफारिशहरूलाई सामेल गरिएको छ। प्रवर समितिले आयकर विधेयकको निम्ति 285 सुझाउ दिएको थियो।

आयकर विधेयक 2025 मा भारतको कराधान प्रणालीलाई अद्यतन र सरल बनाउन डिजाइन गरिएको छ, जसले 60 वर्षभन्दा अधिक समयदेखि लागू कानूनहरूको स्थान लिनेछ। यसमा एक संशोधित संरचना, डिजिटल कराधानको प्रावधान, विवादहरूको समाधानको प्रणालीहरू र तकनीकी एवं डेटा-संचालित तरीकाहरूको माध्यमले कर संग्रहको विस्तार गर्ने पहल सामेल छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande