एसआईआरको विरोधमा विपक्षको प्रदर्शन, राहुल, अखिलेश सहित धेरै नेताहरूलाई पुलिसले हिरासतमा लियो
नेता


नयाँ दिल्ली, 11 अगस्त (हि.स.)। बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) र चुनाउहरूमा कथित 'भोट चोरी' लाई लिएर कांग्रेसको नेतृत्वमा इन्डी गठबन्धनका सांसदहरूले सोमवार संसद भवनदेखि लिएर निर्वाचन आयोग मुख्यालयसम्म विरोध मार्च निकाले।

यसमा लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धी, कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, तृणमूल कांग्रेस, द्रमुक सहित अन्य धेरै दलहरूका वरिष्ठ नेता सामेल रहे। लगभग एक घण्टाको प्रदर्शनमा सांसदहरूले 'भोट चोरी रोक' र 'एसआईआर समाप्त गर' जस्ता नारा लगाए। धेरै नेताहरूले सेतो रंगको टोपी लगाएका थिए, जसमा ‘एसआईआर’ र ‘भोट चोरी’ लेखेको थियो र त्यसमा रातो रंगको क्रसको निशान बनेको थियो।

पुलिसले यस विरोध मार्चलाई रोक्न अगावै संसद भवनदेखि केही टाढ़ा आरबीआई गेट नजिक ब्यारिकेडिङ गरेको थियो। जस्तै सांसदहरू ब्यारिकेडिङ नजिक पुगे, उनीहरूलाई त्यही रोकियो। यसको विरोधमा अखिलेश यादव, आदित्य यादव र धर्मेन्द्र यादवले ब्यारिकेड नाघे। यस अवधि घटनास्थलमा भारी पुलिस बल तैनाथ थियो र विरोध तीव्र हुनसाथ पुलिसले राहुल गान्धी, प्रियंका गान्धी, अखिलेश सहित धेरै विपक्षी नेताहरूलाई हिरासतमा लियो। सांसदहरूले आरोप लगाए, एसआईआरको आड़मा लाखौं नाम हटाइँदैछ र यो लोकतन्त्र विरूद्ध हो।

विपक्षको भनाई छ, यो प्रक्रिया निष्पक्ष चुनाउको भावनाको विपरीत छ। चुनावी फायदाको निम्ति सरकारले मतदाता सूचीमा हेराफेरी गरिरहेको छ। नेताहरूले चुनाउ आयोगसित यस प्रक्रियालाई तुरन्तै रोक्ने माग गरे औं भने, यदि उनीहरूको माग मानिएन भने उनीहरूले आन्दोलन अझ् तीव्र गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande