राहुल गान्धीले दिनहूँ बनाउँछन् झूटको नयाँ पहाड़- धर्मेन्द्र प्रधान
प्रधान


नयाँ दिल्ली, 11 अगस्त (हि.स.)। विपक्षी दलहरूको इन्डी गठबन्धनले बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) को विरोध र 2024 को लोकसभा चुनाउमा भोट चोरीको आरोपमा संसददेखि चुनाउ आयोगसम्म सोमवार मार्च निकाल्यो। यसलाई लिएर भारतीय जनता पार्टी (भाजपा) ले विपक्षलाई लक्षित गर्दै केन्द्रिय मन्त्री एवं भाजपाका वरिष्ठ नेता धर्मेन्द्र प्रधानले इण्डी गठबन्धन र राहुल गान्धीमाथि संविधानको धज्जिया उड़ाएको आरोप लगाए। उनले भने, इन्डी गठबन्धनका मानिसहरू विशेषगरी कांग्रेस नेता राहुल गान्धीले दिनहुँ झूटको नयाँ पहाड़ बनाउँछन्। देशले देखिरहेको छ कि सबैभन्दा अधिक संविधान विरोधी काम यदि कसैले गरिरहेको छ भने, त्यसको मुखिया पनि राहुल गान्धी नै हुन्।

केन्द्रिय मन्त्री प्रधानले भाजपा मुख्यालयमा पत्रकार वार्तामा भने, कांग्रेसले जिते सबै ठीक रहन्छ र यदि हाऱ्यो भने भन्छ, सबै ठाउँ भ्रष्टाचार भइरहेको छ। चुनाउको प्रक्रिया आज विश्वमा सिद्ध व्यवस्था बनिसकेको छ। एसआईआर पहिलो पल्ट भइरहेको छैन। हरेक राज्यमा राष्ट्रिय स्तरमा चुनाउ आयोगको एक नियमित प्रक्रिया छ कि मतदाता सूचीलाई व्यवस्थित गर्न उसले लगातार काम गर्दछ।

कांग्रेसले पहिले ईवीएममा झूट बोल्छ, कहिले महाराष्ट्रको मुद्दा उठाउँछ, कहिले हरियाणाको कुरा उठाउँछ अर्थात् हरेक दिन झूटको नयाँ पहाड़ बनाउँछ। वर्ष 2014, 2019 र 2024 मा लोकसभा चुनाउ र अनेक राज्यहरूमा निरन्तर पराजयको कारण कांग्रेस दिवालियापनको स्थितिमा पुगिसकेको छ।

प्रधानमन्त्रीले गत 2-3 दिनमा जुन वाद-विवाद भयो, त्यसमा भारतीय मीडियाले फ्याक्ट चेक गरेर राहुल गान्धीको हरेक झूटको प्रमाणको आधारमा खुलासा गरेको छ। कांग्रेस र विपक्षसित केवल भोटब्याङ्कको राजनीति नै बचेको छ। घुसपैठीहरूलाई मतदाता बनाएर उनीहरूले आफ्नो राजनीतिक रोटी सेक्न चाहन्छन्। जसलाई तकनीक वा चुनाउ आयोगको प्रक्रियाहरूको बुनियादी ज्ञान छैन, उसित भोट ब्याङ्कको राजनीति बाहेक अरू कुनै विकल्प बाकी छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande