यूक्रेन युद्ध नरोके ट्रम्पले रूसलाई दिए ‘गम्भीर परिणाम’ को चेताउनी
यूक्रेन युद्ध नरोके ट्रम्पले रूसलाई दिए ‘गम्भीर परिणाम’ को चेताउनी


वाशिङ्गटन, 14 अगस्त (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई यदि उसले यूक्रेनमा जारी युद्धलाई रोकेन भने धेरै नै गम्भीर परिणाम भोग्नुपर्ने चेताउनी दिएका छन्। केनेडी सेन्टरमा बुधवार पत्रकारहरूसित कुराकानीमा ट्रम्पले स्पष्ट गरे, यदि रूस युद्धविरामको निम्ति सहमत भएन भने रूस विरूद्ध कड़ा कदम उठाइनेछ, जसमा ट्यारिफ र प्रतिबन्ध सामेल हुनसक्छ।

यो बयान 15 अगस्तमा अलास्कामा ट्रम्प र रूसका राष्ट्रपति व्लादिमीर पुतिनबीच हुने बैठक अगाड़ी आएको छ। ट्रम्पले भने, यदि पहिलो बैठक सफल रहन्छ भने उनले एक दोस्रो बैठकको पनि प्रस्ताव राख्नेछन्, जसमा यूक्रेनका राष्ट्रपति वोलोडिमिर जेलेन्स्की पनि सामेल हुनेछन्।

ट्रम्पले बुधवार यूरोपीय नेताहरूको साथ एक भर्चुअल बैठकमा पनि हिस्सा लिए। फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रोन अनुसार, ट्रम्पले रूस र यूक्रेनबीच युद्धविरामलाई आफ्नो प्राथमिकता बताए। यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुतिनमाथि “ब्लफ” गरे औं यूक्रेनमाथि दबाउ बनाएको आरोप लगाए ताकि रूस पूरा देशमा कब्जा गर्नमा सक्षम देखियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande