लखनऊ, 31 अगस्त (हि.स.)। बिहारमा यही साल हुन गइऱहेको विधानसभा चुनाउलाई लिएर राजनैतिक दलहरू तयारीहरूमा जुटेका छन्। बहुजन समाज पार्टीकी राष्ट्रिय अध्यक्ष मायावतीले बिहार विधानसभा चुनाउ एक्लो लड्ने घोषणा गरेकी छन्। उनले स्पष्ट पारेकी छन्, बसपाले कुनैपनि पार्टीसित गठबन्धन नगरी आफ्नो बुतामा चुनाउ लड्नेछ। उनले विधानसभा चुनाउमा यात्रा र कार्यक्रमहरूको जिम्मा भतीज एवं पार्टीका राष्ट्रिय संयोजक आकाश आनन्द, केन्द्रिय कोआर्डिनेटर र राज्यसभा सांसद रामजी गौतम र बिहार स्टेट यूनिटलाई सुम्पेकी छन्।
बसपा प्रमुख मायावतीले आइतवार एक्समा एक पोस्ट गरी लेखेकी छन्, बिहार विधानसभाको निम्ति छिट्टै नै आगामी केही महिनामै आम चुनाउ हुनेछ। यस चुनाउमा बसपाले उम्मेदवारहरूको चयन सहित पार्टीको हरेक स्तरको तयारीहरूलाई लिएर वरिष्ठ पदाधिकारीहरूको साथ गत दुई दिनको बैठक गरी गहन चर्चा गऱ्यो। सोही अवधि पार्टी पदाधिकारीहरूले आफ्नो बुतामा एक्लो चुनाउ लड्ने फसेलाको मध्यनजर आउने दिनहरूमा पार्टीका विभिन्न कार्यक्रमहरूको रूपरेखालाई पनि अन्तिम रूप दिएका छन्।
राष्ट्रिय अध्यक्षले बैटकमा पार्टी पदाधिकारीहरूलाई तन, मन, धनले अगाड़ी ब़ढ्ने निर्देश दिँदै आगामी महिनाको शुरूआतदेखि शुरू हुने पार्टीको यात्रा र जनसभा आदि कार्यक्रमहरूको सम्बन्धमा विशेष दायित्व पनि सुम्पेका छन्। सबै कार्यक्रम उनको दिशा निर्देशनमा हुनेछ र यसको विशेष जिम्मा पार्टीका राष्ट्रिय संयोजक आकाश आनन्द र केन्द्रिय कोअर्डिनेटर र राज्यसभा सांसद रामजी गौतम एवं बसपा बिहार स्टेट यूनिटलाई सुम्पिएको छ।
बसपा प्रमुखले भनिन्, बिहार एक ठूलो राज्य हो। यसैले त्यहाँको आवश्यकताहरूलाई मध्यनजर गरेर राज्यका सबै विधानसभा सीटहरूलाई तीन जोनमा बाँड़ेर पार्टीका वरिष्ठ मानिसहरूलाई अलग-अलग त्यसको जिम्मेवारी सुम्पिने फसेला पनि लिइएको छ। बिहारमा आफ्नो तयारीका साथै राज्यको तीव्र गतिमा बदलिँदो राजनीतिक स्थिति एवं चुनावी समीकरण आदिलाई मध्यनजर राखेर बसपाको चुनाउमा राम्रो रिजल्ट आउने सम्भावना छ।
हिन्दुस्थान समाचार / भवानी थामी