नयाँ दिल्ली, 02 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार कांग्रेस र राष्ट्रिय जनता दल (राजद) माथि तीखो प्रहार गर्दै यिनीहरूले उनको स्वर्गीय आमाको अपमान गरेका छन् र यो केवल उनको आमा नभएर देशका करोड़ौं आमाहरू, बहिनी र छोरीहरूको अपमान बताएका छन्। उनले भने, म व्यक्तिगत रूपमा राजनीतिक प्रतिद्वन्दीहरूलाई क्षमा गर्नसक्छु तर बिहारका जनताले मेरी आमाको अपमानलाई कहिलेपनि सहन गर्नेछैन।
प्रधानमन्त्री मोदीले भीडियो कन्फ्रेन्सिङको माध्यमले बिहार राज्य जीविका निधि साख सहकारी संघ लिमिटेडको शुभारम्भ गरे। यस अवसरमा उनले संस्थाको ब्याङ्क खातामा 105 करोड़ रूपियाँको राशिको पनि हस्तान्तरण गरे। कार्यक्रममा लाखौंको संख्यामा महिलाहरू उपस्थित थिए, जससित संवाद गर्दै प्रधानमन्त्री धेरै पल्ट भावुक भए।
आफ्नो सम्बोधनको शुरूआतमा प्रधानमन्त्रीले भने, बिहारको धरती मातृशक्तिको पूजा गर्ने धऱती हो। यहाँ छठ महापर्व र सतबहिनी पूजा जस्ता परम्पराहरू स्त्रीहरूको सम्मानको प्रतीक हो। यस्तो पवित्र प्रदेशमा कांग्रेस र राजदको मंचबाट मेरी स्वर्गीय आमाको निम्ति अपमानजक शब्दहरूको प्रयोग भयो। यो केवल मेरी आमाको अपमान नभएर यो देशको हरेक आमा, हरेक बहिनी र हरेक छोरीको अपमान हो। भारत माताका सन्तानहरूले यसलाई कहिले पनि सहन गर्नसक्दैनन्।
उनले जोड दिएर भने, म राजद-कांग्रेसलाई क्षमा गर्नसक्छु तर बिहारका जनताले मेरी आमाको अपमान गर्नेहरूलाई कहिलेपनि क्षमा गर्नेछैन। भारतको धतरीले कहिले आमाको अपमान सहन गरेको छैन। यसैले कांग्रेस-राजदले सात बहिनीहरू र छठी मईयासित माफी माग्नुपर्छ। आमा-बहिनीहरूलाई मैदानमा उतारेर उनीहरूबाट जवाफ माग्नुपर्छ।
प्रधानमन्त्रीले आफ्नी आमा हीराबेन मोदीलाई याद गर्दै भने, उनले 100 वर्षको आयुसम्म साधारण र संघर्षपूर्ण जीवन बिताइन्। उनी राजनीतिदेखि टाढ़ा रहिन् तर उनको आशीर्वादले नै मलाई देश सेवाको बाटोमा अगाड़ी बढ़ायो। भावुक हुँदै मोदीले भने, मेरी आमाले कहिलेपनि आफ्नो निम्ति केही मागिनन्। उनले झरी अगाड़ी छप्पर ठीक गराउने चिन्ता गर्थिन्, हाम्रो निम्ति हरेक दिन तपस्या गर्थिन्। उनी बिरामी भएपनि काममा जान्थिन्। उनले हाम्रो परिवारको निम्ति हरेक कष्ट सहिन्। यस्ता गरीब आमाको तपस्यालाई गाली दिनु केवल मेरी आमा नभएर करोड़ौं आमाहरूको अपमान हो।
प्रधानमन्त्रीले भने, राजनीतिमा मैले धेरै ढिलो कदम राखे तर समाजसेवाको निम्ति म सानैदेखि जुटिरहे। मेरी आमाले मलाई आशीर्वाद दिएर भनेकी थिइन् कि जाऊ र देशवाहरूको सेवा गर। त्यस आमालाई, जो अब यस संसारमा छैनन्, कांग्रेस-राजदको मंचबाट गाली दिइयो। आमा-बहिनीहरूको आँखामा आसू देखेर आज मलाई पनि आफ्नो दुःख तपाई सबैसित साझा गर्नुपऱ्यो।
मोदीले कांग्रेस र राजदमाथि हमला गर्दै भने, नामदार घरानाहरूका मानिसहरूले गरीब र पछौटेहरूको पीड़ा बुझ्न सक्दैनन्। यो नामदार मानिसहरू सुन-चांदीको चम्ची लिएर जन्मेका हुन्। यिनीहरूलाई लाग्छ, सत्ता यिनीहरूको विरासत हो तर जब जनताले एक गरीब आमाको छोरालाई प्रधानसेवक बनायो भने यिनीहरूलाई यो कुरा पचिरहेको छैन। यसैले कहिले मलाई ‘नीच’, कहिले ‘मैला नालीको कीरा’ त कहिले ‘विषालु साँप’ भनियो। र अब मेरी स्वर्गीय आमालाई पनि गाली दिइऱहेका छन्।
उनले भने, महिलाहरूप्रति यो मानसिकता पुरानो हो। राजदको शासनकालमा जब अपराध अनियन्त्रित थियो, सबैभन्दा धेरै पीड़ा महिलाहरूलाई सहनुपरेको थियो। हत्यारा र बलात्कारी राजनीतिक संरक्षणमा खुल्ला घुम्थे। महिलाहरूले घरबाट बाहिर निस्कनमा असुरक्षित महसूस गर्थे। कांग्रेस र राजदले सदैव महिलाहरूको शक्तिलाई दबाउने प्रयास गरेका छन्। यही कारण हो, यिनीहरूले महिला आरक्षणको पनि विरोध गरे।
उल्लेख्य, हालमा दरभंगा शहरमा ‘मतदाता अधिकार यात्रा’ मा एक मंचबाट प्रधानमन्त्री मोदी विरूद्ध अपशब्द बोलिएको एउटा भीडियो अघि आएको थियो। यस मंचमा कांग्रेस र राजदका नेता उपस्थित थिए। यही घटनालाई लिएर भाजपा हमलावर छ।
हिन्दुस्थान समाचार / भवानी थामी