करियप्पा ग्राउण्डमा थल सैनिक शिविरको उद्घाटन, 1,546 एनसीसी कैडेट्स सामेल
एनसीसी


नयाँ दिल्ली, 02 सेप्टेम्बर (हि.स.)। दिल्ली केन्टको करियप्पा परेड ग्राउण्डमा मंगलवार अतिरिक्त महानिदेशक (ए) एयर वाइस मार्शल पीवीएस नारायणले अखिल भारतीय थल सैनिक शिविर (एआईटीएससी) को उद्घाटन गरे। यसमा देशभरिका 17 डिवीजनहरूका 1500 भन्दा अधिक एनसीसी कैडेटले भाग लिनेछन्। यस प्रशिक्षण शिविरमा फायरिङ प्रतियोगिताहरू, मानचित्र वाचन, बाधा प्रशिक्षण, फील्ड क्राफ्ट, युद्ध क्राफ्ट र सांस्कृतिक कार्यक्रम हुनेछ।

एनसीसी अनुसार, यो एक प्रमुख शिविर हो, जसले अनुशासन, नेतृत्व, राष्ट्रिय एकतालाई प्रोत्साहित गर्दछ र कैडेटहरूलाई जिम्मेवार नागरिक र भविष्यका नेताको रूपमा तयार पार्दछ। सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूको प्रतिनिधित्व गर्ने 17 एनसीसी निदेशालयहरूका 867 केटा र 679 केटीहरू सहित कूल 1,546 कैडेटले बाह्र दिवसीय थल सैनिक शिविरमा भाग लिनेछन्। भाग लिने कैडेट विभिन्न प्रकारका प्रतियोगिताहरू जस्तै बाधा प्रशिक्षण, मानचित्र वाचन र अन्य संस्थागत प्रशिक्षण प्रतियोगिताहरूमा भाग लिनेछन्, जसबाट उनीहरूलाई शारीरिक सहनशक्ति, मानसिक तीक्ष्णता र टीम वर्कमाथि केन्द्रित एक समृद्ध अनुभव प्राप्त हुनेछ।

थल सैनिक शिविरको उद्देश्य कैडेटहरूलाई सेना प्रशिक्षणका प्रमुख पहलुहरूसित परिचित गराउनु, स्वस्थ प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन दिनु र अनुशासन, नेतृत्व र राष्ट्रिय एकतालाई बढ़ावा दिनु हो। विशेष रूपमा आर्मी विंगका कैडेटहरूका लागि एक राष्ट्रिय स्तरको शिविरको रूपमा यो शिविर व्यापक प्रशिक्षण र चरित्र विकासमाथि आफ्नो फोकसको निम्ति उल्लेखनीय छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande