‘सेमीकोन इण्डिया 2025’- भारत बन्नेछ फुल स्टैक सेमीकन्डक्टर नेशन- मोदी
पीएम


नयाँ दिल्ली, 02 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आफ्नो युवा प्रतिभाहरूको बुतामा सेमीकन्डक्टर निर्माणको क्षेत्रमा एक फुलस्टेक डेवलपर राष्ट्र बन्नेछ र डिजायनदेखि लिएर निर्माणको हरेक प्रक्रियामा आत्मनिर्भरता हासिल गर्ने बताएका छन्।

प्रधानमन्त्री मगंलवार यशोभूमि, नयाँ दिल्लीमा ‘सेमीकोन इण्डिया 2025’ को उद्घाटन गरेपछि समारोहलाई सम्बोधित गरिरहेका थिए। उनले यस अवसरमा भारतमा निर्मित पहिलो चिपको पनि अनावरण गरे। यस अवसरमा केन्द्रिय इलेक्ट्रानिक्स र सूचना एवं प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्रीलाई विक्रम 32-बिट प्रोसेसर र चार परीक्षण चिप्स भेट गरे।

प्रधानमन्त्री मोदीले समारोहलाई सम्बोधित गर्दै भने, भारत अब सेमीकन्डक्टरको क्षेत्रमा केवल बैक एण्ड वर्कसम्म सीमित रहनेछैन तर तीव्र गतिमा एक फुल स्टैक नेशन बन्नतिर अग्रसर छ। देशले डिजाइनदेखि लिएर निर्माणसम्मको पूरा प्रक्रिया स्वयं गर्नेछ।

भारतको सेमीकन्डक्टर सफलताको कथा कुनै एक कार्यक्षेत्र वा कुनै एक तकनीकसम्म सीमित छैन। भारत एक व्यापक पारिस्थितिकी तन्त्रको निर्माण गरिरहेको छ- जसमा डिज़ाइनिङ, निर्माण, पेकेजिङ र उच्च तकनीकका उपकरण, सबै देशभित्र सामेल छ। उनले स्पष्ट पारे, सेमीकन्डक्टर मिशन केवल एक फैब स्थापित गर्ने वा एक चिप बनाउनसम्म सीमित छैन। देश यस क्षेत्रमा विश्वको सबैभन्दा उन्नत तकनीकहरूको साथ अगाड़ी बढ़िरहेको छ। भारतले एक मजबूत सेमीकन्डक्टर पारिस्थितिकी तन्त्रको निर्माण गरिरहेको छ, जसले देशलाई आत्मनिर्भर र वैश्विक स्तरमा प्रतिस्पर्धी बनाउनेछ।

उनले उपस्थित सबै निवेशकहरूको खुल्ला मनले स्वागत गर्ने भारतको तत्परता व्यक्त गर्दै भने, भारतका नीतिहरू अल्पकालिक संकेत नभएर दीर्घकालिक प्रतिबद्धताहरू हुन् र प्रत्येक निवेशकको आवश्यकताहरू पूरा गरिनेछ। आज पूरा विश्वले भारतमाथि विश्वास गर्दछ र भारतको साथ मिलेर सेमीकन्डक्टर भविष्यको निर्माण गर्न तयार छ। भारतको नीतिगत स्थिरता र तकनीकी क्षमताले देशलाई एक मजबूत साझेदार बनाएको छ।

मोदीले भने, देशमा अब तीव्र गतिमा काम भइरहेको छ। हाम्रो भनाई छ, जति कम 'पेपरवर्क' हुनेछ, उतिकै छिट्टो 'वैफर वर्क' शुरू हुनसक्नेछ। प्रक्रियाहरूलाई सरल बनाएर उद्योग जगतलाई नयाँ उर्जा दिने काम भइरहेको छ। उनले यसमाथि प्रकाश पारे कि विश्वमा सेमीकन्डक्टर डिजाइन बनाउने प्रतिभाहरूमा 20 प्रतिशत भारतीय छन्। देशको युवाले सेमीकन्डक्टर उद्योगको निम्ति सबैभन्दा ठूलो मानव पूंजीको प्रतिनिधित्व गर्छन्। उनले युवा उद्यमीहरू, नवप्रवर्तकहरू र स्टार्ट-अप्ससित अगाड़ी आउने आग्रह गरे औं सरकार उनीहरूको साथ काँधमा काँध मिलाएर खड़ा रहेको आश्वासन दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande