नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार तियानजिनमा शंघाई सहयोग संगठन (एससीओ) का नेताहरूको शिखर सम्मेलनमा चीनका राष्ट्रपति शी जिनपिलाई भेटे। भेटमा प्रधानमन्त्री मोदीले भने, भारत र चीन दुवै सामरिक स्वायत्ताको पक्षधर हुन् र उनीहरूको सम्बन्धहरूलाई कुनै तेस्रो देशको दृष्टिकोणले हेरिनुहुँदैन। दुवै नेताहरूले बहुपक्षीय मंचहरूमा आतङ्कवाद र निष्पक्ष व्यापार जस्ता द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाहरू र चुनौतीहरूमाथि साझा आधारको विस्तार हुनुपर्ने आवश्यकतालाई बुझे।
आइतवार विदेश मन्त्रालयले बतायो, दुवै नेताहरूको भेट भएको छ। प्रधानमन्त्रीले जोड दिँदै चीनी राष्ट्रपतिलाई भने, दुवै देश विकासको साझेदार हुन्, प्रतिद्वन्दी होइनन् र उनीहरूको मतभेद विवादहरूमा परिणत हुनुहुँदैन। भारत र चीनको सम्मान, हित र संवेदनशीलतामाथि आधारित स्थिर सम्बन्ध र सहयोग दुवै देशको प्रगति र विकासका साथै बहुध्रुवीय विश्व र बहुध्रुवीय एशियाको निम्ति आवश्यक छ।
प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धहरूको निरन्तर विकासको निम्ति सीमावर्ती क्षेत्रहरूमा शान्ति र सौहार्दको महत्वमाथि जोड दिए। दुवै नेताहरूले गत वर्ष सफल डिसएंगेजमेन्ट र तबदेखि सीमावर्ती क्षेत्रहरूमा शान्ति र सौहार्द बनाइ राखेको सन्तोष व्यक्त गरे। उनीहरूले यस महिनाको शुरूआतमा दुवै विशेष प्रतिनिधिहरूद्वारा आफ्नो वार्तामा लिइएका महत्वपूर्ण निर्णयहरूको सराहना गरे औं उनीहरूको प्रयासहरूलाई अझ् समर्थन दिनमाथि सहमति व्यक्त गरे।
विदेश मन्त्रालय अनुसार, दुवै नेताहरूले कैलाश मानसरोवर यात्रा र पर्यटक भीसाको बहालीका साथै सोझो उड़ानहरू र भीसा सुविधाको माध्यमले मानिसहरूबीच सम्बन्धहरूलाई मजबुत बनाउने आवश्यकतामाथि जोड दिए। आर्थिक र व्यापारिक सम्बन्धहरूको सन्दर्भमा उनले विश्व व्यापारलाई स्थिर गर्नमा आफ्ना दुवै अर्थव्यवस्थाहरूको भूमिकालाई मान्यता दिए। उनले द्विपक्षीय व्यापार र निवेश सम्बन्धहरूको विस्तार गर्ने र व्यापार घाटालाई कम गर्नका लागि राजनीतिक र रणनीतिक दिशामा अघि बढ्ने आवश्यकतामाथि जोड दिए।
विदेश मन्त्रालय अनुसार, प्रधानमन्त्रीले शंघाई सहयोग संगठन (एससीओ) को चीनको अध्यक्षता र तियानजिनमा हुने शिखर सम्मेलनको निम्ति समर्थन व्यक्त गरे। उनले राष्ट्रपति शीलाई ब्रिक्स शिखर सम्मेलनमा पनि आमन्त्रित गरे, जसको मेजबानी भारतले 2026 मा गर्नेछ। राष्ट्रपति शीले निमन्त्रणको निम्ति प्रधानमन्त्रीको धन्यवाद व्यक्त गरे औं भारतको ब्रिक्स अध्यक्षताको निम्ति चीनको समर्थनको पेशकश गरे।
हिन्दुस्थान समाचार / भवानी थामी