मुम्बई, 31 अगस्त (हि.स.)। मनोरञ्जन जगतबाट एक अत्यन्तै दुःखद खबर आएको छ। साना पर्दाको चर्चित र प्रतिभाशाली अभिनेत्री प्रिया मराठे अब हामीबीच रहिनन्। 31 अगस्त 20205 मा केवल 38 वर्षको आयुमा उनले मुम्बईको मीरा रोड स्थित आफ्नो आवासमा अन्तिम सास लिइन्। प्रिया मराठे लामो समयदेखि क्यान्सर जस्तो गम्भीर रोगसित जुझिरहेकी थिइ। गत केही महिनादेखि उनी अझ् अस्वस्थ हुँदैगइन्। हालमा उनलाई मुम्बईको एक निजी अस्पतालमा भर्ती गराइएको थियो। तमाम प्रयासहरू भएपनि उनलाई बचाउन सकिएन औं अन्ततः उनले यस संसारलाई बिदा गरिन्। उनको निधनको खबरले पूरा टीवी इन्डस्ट्री र उनका प्रशंसकहरूलाई गहिरो सदमा लागेको छ।
प्रिया मराठेले आफ्नो करियरको शुरूआत मराठी टीवी सो 'चार दिवस सासुचे' बाट गरेकी थिइन्, जसमा उनको अभिनय प्रतिभाले मानिसहरूको ध्यान आकर्षित गऱ्यो। यसपछि उनी एकता कपूरको चर्चित धारावाहिक 'कसम से' को हिस्सा बनिन्, जसमा उनको कामको धेरै प्रशंसा गरियो। तर दर्शकहरूबीच असली पहिचान उनले अंकिता लोखंडेको लोकप्रिय शो 'पवित्र रिश्ता' बाट पाइन्। यस धारावाहिकमा उनले निभाएको पात्रले उनलाई घर-घरसम्म पुऱ्यायो।
टीवी इन्डस्ट्रीमा उनले राम्रोभन्दा राम्रो भूमिका निभाइन्। उनी 'साथ निभाना साथिया', 'बड़े अच्छे लगते हैं', 'भारत का वीर पुत्र: महाराणा प्रताप' जस्ता चर्चित धारावाहिकहरूमा पनि नजर आइन् र आफ्नो अभिनयले दर्शकहरूको मन जितिन्। साना पर्दा बाहेक उनले फिल्महरूमा पनि काम गरिन् औं मराठी फिल्म 'हमने जीना सीख लिया' मा आफ्नो अभिनयको परिचय दिइन्।
प्रिया मराठे जानु टीवी जगतको निम्ति एक अपूरणीय क्षति हो। उनले आफ्नो अभिनयले न केवल मनोरञ्जन गरिन् तब आफ्नो पात्रहरूको माध्यमले दर्शकहरूको मनमा गहिरो छाप छोड़िन्। 38 वर्षको आय़ुमा यस प्रकार जानु उनको परिवार, साथीहरू र प्रशंसकहरूका लागि धेरै ठूलो सदमा हो।
हिन्दुस्थान समाचार / भवानी थामी