नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तियानजिनमा शंघाई सहयोग संगठन शिखर सम्मेलनदेखि छुट्टै म्यान्मारका राज्य सुरक्षा एवं शान्ति आयोगका अध्यक्ष वरिष्ठ जनरल मिन आंग ह्लाइंगलाई भेटे। प्रधानमन्त्रीले भने, भारत आफ्नो छिमेकी प्रथम, एक्ट ईस्ट र हिन्द-प्रशान्त नीतिहरू अन्तर्गत म्यान्मारको साथ आफ्नो सम्बन्धहरूलाई महत्व दिँदछ।
प्रधानमन्त्रीले आशा व्यक्त गरे कि म्यान्मारमा आगामी चुनाउ सबै हितधारकहरूलाई सामेल गर्दै निष्पक्ष र समावेशी तरीकाले आयोजित गरिनेछ। उनले जोड दिँदै भने, भारतले म्यान्मार नेतृत्वको र म्यान्मार स्वामित्वको शान्ति प्रक्रियाको समर्थन गर्दछ। यसको निम्ति शान्तिपूर्ण कुराकानी र परामर्श नै अगाड़ी बढ्ने एकमात्र मार्ग हो।
विदेश मन्त्रालय अनुसार, दुवै नेताले द्विपक्षीय सम्बन्धहरूको समीक्षा गरे औं विकास साझेदारी, रक्षा एवं सुरक्षा, सीमा प्रबन्धन र सीमा व्यापार सहित द्विपक्षीय सहयोगका विभिन्न पहलुहरूमाथि अगाड़ीको रणनीतिमाथि छलफल गरे।
प्रधानमन्त्रीले जोड दिँदै भने, निर्माणधीन सम्पर्क परियोजनाहरूको प्रगति दुवै देशका जनताबीच राम्रो सम्पर्कलाई प्रोत्साहित गर्नेछ। साथै भारतको एक्ट ईस्ट नीति अनुरूप क्षेत्रीय सहयोग र एकीकरणलाई पनि प्रोत्साहित गर्नेछ। प्रधानमन्त्रीले म्यान्मारको विकासात्मक आवश्यकताहरूको समर्थन गर्नका लागि भारतको तत्परता दोहोऱ्याए।
हिन्दुस्थान समाचार / भवानी थामी