सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो
सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो


गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्गमा नर्बु शेर्पाको अगुवाईमा राज्य प्रतिनिधिमण्डलले बेङ्लुरुमा आयोजित 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो। सीपीए कर्नाटक शाखा, कर्नाटक विधानसभाले आयोजना गरेको उक्त सम्मेलनमा सिक्किमकी विधानसभा उपाध्यक्ष राजकुमारी थापा, सचिव ललित गुरुङ, प्रधान निर्देशक कर्म भोटिया तथा अन्य अधिकारीहरूले पनि भाग लिए।

11 सेप्टेम्बरका दिन शुरू भएको सम्मेलनमा कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया मुख्य अतिथि थिए। यसैगरी, सम्मेलनमा लोकसभा अध्यक्ष ओम बिरला, कर्नाटकका उप मुख्यमन्त्री डीके शिवकुमार, राज्यसभाका उपसभापति हरिवंश, कर्नाटकका विधानसभा अध्यक्ष यूटीके फरीद आदि पनि उपस्थित थिए।

दुई दिवसीय पूर्ण सत्र 'विधानमण्डलमा बहस र चर्चा: जनताको विश्वास निर्माण, जनताका आकांक्षाहरू पूरा गर्नु' विषयमा सम्पन्न भयो। यस अवधि कार्यकारी बैठक र आम सभा पनि सम्पन्न गरिएको जानकारी विधानसभा उपाध्यक्ष कार्यालयले प्रेस विज्ञप्तिमा दिएको छ।

विज्ञप्तिमा भनिएको छ, सिक्किमका लागि यो साँच्चै गर्वको क्षण थियो जब हाम्रा विधानसभा अध्यक्ष मिङ्गमा नर्बु शेर्पालाई पूर्ण सत्रको अध्यक्षको रूपमा मनोनित गरियो, जुन साना हिमाली राज्यहरूका प्रतिनिधिलाई यस्तो सम्मान पहिलो पटक प्रदान गरिएको थियो। 13 सेप्टेम्बरमा भएको समापन समारोहमा कर्नाटकका राज्यपाल थावरचन्द गहलोत, लोकसभा अध्यक्ष ओम बिरला, राज्यसभा उपसभापति हरिवंश आदि उपस्थित थिए।

विधानसभा उपाध्यक्ष थापाले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई यस्तो प्रतिष्ठित राष्ट्रिय मञ्चमा सिक्किमको प्रतिनिधित्व गर्ने अवसर दिएकोमा हार्दिक आभार व्यक्त गरेकी ​छन्। यसैगरी, उनले कर्नाटक विधानसभाका अध्यक्ष यूटी खादर फरीद, उपाध्यक्ष रुद्रप्पा मनप्पा लमानी र सम्मेलनमा संलग्न सबै सम्बन्धित अधिकारीहरूलाई प्रति पनि आभार प्रकट गरेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande