मुख्यमन्त्रीले स्वर्गीय डीबी गौतमलाई श्रद्धाञ्जली अर्पित गरे
मुख्यमन्त्रीले स्वर्गीय डीबी गौतमलाई श्रद्धाञ्जली अर्पित गरे


गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम पार्टीका एक वरिष्ठ कार्यकर्ता तथा ओएसडी (खेलकुद) डीबी गौतमको निधनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। स्वर्गीय गौतमको शव आज सिलगढ़ीबाट घर ल्याउने क्रममा राष्ट्रिय राजमार्ग अन्तर्गत चित्रेमा मुख्यमन्त्रीले श्रद्धाञ्जली अर्पित गरे।

यस अवसरमा मन्त्री भीमहाङ सुब्बा, विधायक सन्जित खरेल र विधायक इरुङ तेन्जिङ लेप्चा र सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जी भोटिया पनि उपस्थित थिए।

मुख्यमन्त्रीले स्वर्गीय गौतमको खेलकुदप्रति समर्पण, इमानदारी र जोश स्मरण गर्दै पार्टी र सिक्किमका युवाहरूप्रति उनको दिगो योगदानको उल्लेख गरे। उनले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गरेको सीएमओले विज्ञप्तिमा बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande