सरस्वती शिशु विद्यालयको पुनरुद्धार एवं विकासको लागि समुदायकाे सामूहिक प्रयास
सरस्वती शिशु विद्यालयको पुनरुद्धार एवं विकासको लागि सामूहिक प्रयास


गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। विद्या भारती सिक्किमद्वारा नयॉं बजारमा सञ्चालित सरस्वती शिशु विद्यालयमा शनिवार एक महत्वपूर्ण बैठक आयोजन गरियो। बैठकमा स्थानीय समुदाय, प्रशासन र विद्या भारती सिक्किमले मिलेर विद्यालयको पुनरुद्धार एवं विकासको लागि ठोस कदम उठाउने संकल्प लिएको छ। बैठक नयॉं बजार जोरथाङको नगर परिषदका अध्यक्ष पवित्र मानवको अध्यक्षतामा सम्पन्न भएको जानकारी संस्थाका कार्यालय सचिव सूर्य धितालले दिएका छन्।

बैठकमा 05 सेप्टेम्बर, 2025 राति आएको भारी वर्षाले विद्यालय परिसर जलमग्न भएपछि पुगेको क्षतिलाई ध्यानमा राख्दै विद्यालय पुन: सञ्चालनबारे चर्चा गरियो। यस अतिरिक्त, भौतिक संरचनाको निर्माण, शैक्षणिक सामग्रीहरूको व्यवस्था र भविष्यमा आपदाबाट सुरक्षाका उपायहरूमाथि पनि गहन विचार विमर्श गरियो।

बैठकमा नयॉं बजार जोरथाङ नगर परिषद, विद्या भारती सिक्किम, स्थानीय शुभचिन्तकहरू, रोड कन्ट्र्याक्टर्स र नेपाली समाजले मिलेर विद्यालयको पुनरुद्धारको लागि एक लाखभन्दा धेरै आर्थिक सहायता प्रदान गरे। यसका साथै, अभिभावकहरू र शुभचिन्तकहरूले विद्यालयलाई श्रमदान र सामग्री सहयोग प्रदान गर्ने योजना बनाए।

शिक्षा विभाग बैगुने खण्ड विकासका सहायक निर्देशक रोशन प्रधानको नेतृत्वमा एउटा डेस्कटप कम्प्यूटर र दुईवटा सीपीयू प्रदान गर्ने घोषणा गरियो। नयॉं बजार जोरथाङ नगर परिषदका अध्यक्ष पवित्र मानवले विद्यालयलाई हर सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिए। उनले आगामी दशैं पूजाको अवसरमा विद्यालयका शिक्षकहरूलाई प्रोत्साहन राशि प्रदान गर्ने घोषणा गरे।

बैठकमा वार्ड पार्षद उमा पोर्तेल, नयॉं बाजार पुलिस थाना प्रभारी, अवकाशप्राप्त शिक्षक डिकेन्द्र प्रधान, स्कूल सञ्चालन समिति, अभिभावक और नेपाली समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको कार्यालय सचिव धितालले जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande