पानीझरी र पैह्रोले तीनधारे महानदी क्षेत्रमा पैह्रो जन जीवन प्रभावित
पानीझरी र पैह्रोले तीनधारे महानदी क्षेत्रमा पैह्रो जन जीवन प्रभावित


खरसाङ, 14 सेप्टेम्बर (हि.स.)। लगातार रुपमा परिरहेको पानी झरीले गर्दा तीनधारे महानदी क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ। आईतबार बिहान पानी झरीले गर्दा महानदी तीनधारे समष्टिको विभिन्न स्थानहरुमा पैह्रोले रोडहरु बन्द भएपछि जन जीवन अस्त व्यस्त बनाएको छ।‌ राष्ट्रिय राजमार्ग 110 अन्तर्गत तीनधारेको‌ 17 माइलमा रोड बन्द भएको थियो भने केही समयपछि जेसीबी लगाएर सफा गरेर रोड खुलाइएको थियो।‌ 17 माइल क्षेत्रमा‌ नै रोडभरि पानी जमिएर‌ यातायातमा धेरै असुविधा भईरहेको बताइएको थियो। त्यसरी नै राष्ट्रिय राजमार्ग 110 को दुई नम्बर बस्ती क्षेत्रमा एउटा ठूलो रुख छलेर बिहान रोड बन्द भएको थियो भने क्षेत्रीय‌ सभासद नवराज छेत्री र अन्यको पहलमा 2 घण्टापछि रोड खोलिएको जानकारी प्राप्त भएको छ। तीनधारेको‌ बजारदेखि चुनभट्टी निस्कने ओल्ड मिलिटेरी रोडमा मिठाईडाँडामुनितिर पैह्रो गएपछि रोड बन्द भएको थियो जसमा क्षेत्रीय सभासद नवराज छेत्री र टोली पुगेर पोलिथिन लगाउने कार्य गरिएको जानकारी प्राप्त भएको छ भने उक्त रोड पैह्रोको कारणले बन्द नै रहेको बताइएको छ। त्यसरी नै दुई नम्बर बस्ती क्षेत्रमा धेरै स्थानमा पैह्रो गएको जानकारी प्राप्त भएको छ।‌ यसको साथै राष्ट्रिय राजमार्ग 110 अन्तर्गत सिलिम हिल क्षेत्रमा बनिरहेको रोडमा पनि पैह्रो गएको जानकारी प्राप्त भएको छ। त्यसरी नै तीनधारेदेखि सिविटार जाने रोडमा पनि पैह्रो गएर रोड वाधित बनेको छ। यसै क्रममा राष्ट्रिय राजमार्ग 110 अन्तर्गत रंगटङ्ग क्षेत्रमा पनि पैह्रो गएर रुख ढलेर रोड बिहान वाधित बने पनि केही समयपछि खोलिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande