सोनादामा एकांकी नाटक 'गुम्सिएको आवाजहरु' प्रदर्शन
सोनादामा एकांकी नाटक 'गुम्सिएको आवाजहरु' प्रदर्शन


सोनादा, 14 सेप्टेम्बर (हि.स.)। सोनादामा एकांकी नाटक 'गुम्सिएको आवाजहरु' प्रदर्शन गरिएको छ। न्यु लाइट क्लब मुण्डा हट्टा सोनादाको आयोजनामा उक्त नाटक प्रदर्शन कार्यक्रममा प्रमुख अतिथिको रुपमा लोवर सोनादा ग्राम पञ्चायत एककी पञ्चायत प्रधान बैजन्ती तामाङ उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरुमा हरिबहादुर मुखिया, उप प्रधान थेलेन लामा, प्रताप छेत्री, मेघनमणि थापा, रसिक छेत्री, अमर थापा, दावा तामाङ आदि उपस्थित रहेका थिए। उक्त नाटक प्रदर्शनको अवधि पर्यवेक्षकको रुपमा वरिष्ठ कलाकारहरु देवराज शेर्पा, मेनुका प्रधान, सूर्य श्रेष्ठ उपस्थित रहेका थिए।‌ यस कार्यक्रमलाई ढेन्डुुप शेर्पाले सञ्चालन गरेका थिए। न्यु लाइट क्लब 1984 सालमा स्थापना भएको थियो। यस क्लबले समाजको उन्नतिमा विभिन्न तरिकाले भूमिका निर्वाह गरिरहेका छन्। क्लबको आयोजनामा विभिन्न सामाजिक र सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने गरेका छन्। आज यसै क्लबले गुम्सिएका आवाजहरु नाटक प्रदर्शन गरेर अर्को उपलब्धि हासिल गरेका छन्। यस कार्यक्रममा विभिन्न विद्यालयहरु क्रमैले ग्रिन हिल स्कुल, सिडर्स हाई स्कूल, सन्त पिटर हाई स्कूल, मुण्डाकोठी हाई स्कूल, मार्गरेट्स होप हाई स्कूल आदि रहेका छन्। कार्यक्रममा सोनादा क्षेत्रका वरिष्ठ नाटककार हरिबहादुर मुखियालाई न्यु लाइट क्लबको तर्फबाट सम्मान जनाइएको छ‌। यस कार्यक्रममा उत्कृष्ट नाटककारको रुपमा मुण्डाकोठी हाई स्कूल चयन भएका छन् भने उत्कृष्ट अभिनयको‌ रुपमा ग्रिन हिल स्कूल सोनादा चयन भएका छन्।‌ त्यसरी नै उत्कृष्ट संवादको रुपमा सिडर्स हाई स्कूल चयन भएका छन्।‌ कार्यक्रममा धन्यवाद ज्ञापन मुकुन्दमणि थापाले राखेका थिए। कार्यक्रममा वरिष्ठ कलाकरहरु क्रमैले देवराज देवराज शेर्पा, र मेनुका प्रधानलाई न्यु लाइट क्लबको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै न्यु लाइट क्लबको सभापति मुकुन्दमणि थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande