शालबारीमा भाजपा उम्मेद्वारको समर्थनमा केन्द्रिय मन्त्री सोनोवालले गरे चुनाउ प्रचार
शालबारीमा भाजपा उम्मेद्वारको समर्थनमा केन्द्रिय मन्त्री सोनोवालले गरे चुनाउ प्रचार


बाक्सा (असम), 15 सेप्टेम्बर (हि.स.)। असमको बाक्सा जिल्लान्तर्गत शालबारीको बारेंगाबारीमा केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालले सोमवार बोड़ोल्याण्ड टेरिटोरियल कन्उंसिल (बीटीसी)-को शालबारी परिषदीय चुनाउ क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार चक्रधर दासको समर्थनमा चुनावी प्रचार गरे।

चुनावी सभालाई सम्बोधन गर्दै सर्बानन्द सोनोवालले सब मानिसहरूसित कमलको फूलमा भोट दिने अपील गरे। उनले आफ्नो समबोधनमा भने, भाजपा सरकारको शासनमा भारत देश धेरैै अगाड़ि बढ़ेको छ।

चुनावी सभापछि मीडियासित बातचित गर्दै उनले भने, भाजपाका सभाहरूमा मानिसहरूले बड़ो आत्मीयताले भाग लिन्छन्। बीटीसीका मानिसहरूको समर्थन अत्यन्त उत्साहवर्धक छ। सबैलाई सामाजिक न्याय भाजपा सरकारले प्रदान गर्नसक्छ। सुशासनको व्यवस्था भाजपाले मात्र लागू गर्नसक्छ, अन्य दलले सक्दैन।

उनले भने, बीटीसीका मानिसहरू अब तयार छन् आगामी बीटीसी चुनाउमा आगामी 22 तारिकको दिन कमलको चुनाउ चिन्हमा भोट दिएर भाजपाको सरकार बनाउनका लागि। भाजपाले नै बीटीसीमा सरकार बनाउन गइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande