पीएम श्री पेलिङ स्कूलले मनायो हिन्दी दिवस
पीएम श्री पेलिङ स्कूलले मनायो हिन्दी दिवस


गान्तोक, 15 सेप्टेम्बर (हि.स.)। सँधै झैं पीएम श्री सरकारी उच्चतर माध्यमिक पाठशाला, पेलिङले यसपाली पनि विद्यार्थी र शिक्षक-शिक्षिकाहरूको उत्साहजनक सहभागिताका साथ हिन्दी दिवस मनायो। विद्यालयका प्रधानाचार्या याङ्देन सिक्मो, शिक्षक-शिक्षिका लगायत विद्यालय परिवारको लगनशील प्रयासले यस वर्षको हिन्दी दिवस कार्यक्रम उल्लेखनीय बन्यो।

कार्यक्रममा प्रतिस्पर्धात्मक विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिहरूका साथमा अन्तर सदन प्रश्नोत्तरी कार्यक्रम पनि गरिएको थियो, जहाँ विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे र हिन्दी भाषाप्रतिको आफ्नो प्रेम प्रदर्शन गरे। विद्यार्थीहरूले स्वरचित कविता वाचन, निबन्ध लेखन, लघुकथा लेखन साथै वाचन प्रतियोगिताहरू सहित धेरै कार्यक्रमहरूमा भाग लिए।

कार्यक्रममा शिक्षकहरूले पनि सक्रिय रूपमा भाग लिए र राष्ट्रिय भाषाको रूपमा हिन्दीको महत्व र देशको सांस्कृतिक र भाषिक सम्पदालाई आकार दिन यसको भूमिकाबारे आफ्ना विचारहरू व्यक्त गरे। संकायले विद्यार्थीहरूलाई भाषा अँगाल्नुपर्ने आवश्यकतालाई जोड दिए र आजको विश्वव्यापी संसारमा यसको सान्दर्भिकतामाथि प्रकाश पारे। कार्यक्रमले हिन्दीको सौन्दर्यलाई प्रवर्द्धन गर्ने मात्र नभई विद्यार्थीहरूमा भाषाप्रति गहिरो प्रशंसा पनि जगाएको बताइएको छ।

हिन्दी दिवस मनाउने विद्यालयको प्रयासले राष्ट्रको सांस्कृतिक र भाषिक मूल्यहरूको संरक्षण र प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता झल्काएको छ। उक्त कार्यक्रममा हिन्दी भाषा शिक्षक राम शर्माले हिन्दी भाषाको ऐतिहासिक भूमिका र यसको प्रचार-प्रसार विषयमा मन्तव्य राखे भने शिक्षक रोहित शर्माले प्रश्नोत्तरी कार्यक्रमको सञ्चालन गरेका थिए।

विद्यालयकी प्राचार्या सिक्मो ले हिन्दी भाषाको महत्व साथै विद्यार्थी नानीहरुको चौतर्फी विकासको विषयमा प्रकाशित पारिन्। यस कार्यक्रमका निर्णायक शिक्षक बेणु प्रधान, टीडी भोटिया, सरिना प्रधान रहेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande