मुख्यमन्त्रीले राष्ट्रिय अभियन्ता दिवसको बधाई एवं शुभकामना दिए
ps tamang


गान्तोक, 15 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय अभियन्ता दिवस 2025 को अवसरमा देशभरका सम्पूर्ण अभियान्त्रिकी समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले सोमवार सामाजिक सञ्जाल फेसबुक पोस्टमा जारी सन्देशमा भने, 'यो दिन हरेक वर्ष महान भारतीय अभियन्ता तथा भारत रत्न पुरस्कार विजेता श्री एम. विश्वेश्वरय्या जीको जन्मजयन्तीको सम्झनामा मनाइन्छ। उनको विशाल योगदान, दूरदर्शी सोच र सेवाप्रतिको प्रतिबद्धताले भारतीय अभियान्त्रिकीको इतिहासमा अमिट छाप छोडेको छ।'

मुख्यमन्त्रीले समर्पण, नवाचार र इमानदारीका साथ उनको विरासतलाई अगाडि बढाउँदै अगाडि बढौं भनी आह्वान पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande