ढाका, 16 सेप्टेम्बर (हि.स.)। बांग्लादेशमा नवरात्रि र दुर्गा पूजा अगाड़ी एक हिन्दू मन्दिरमा गरिएको तोड़फोड़ले अल्पसंख्यक समुदाय भयभीत छ। आइतवार राति कुश्तियाको मीरपुर उप जिल्ला स्थित स्वरूपदाह पालपारा श्री श्री रक्खा काली मन्दिरमा बदमाशहरूले दुई मूर्तिलाई खण्डित गरेको बताइएको छ। बदमाशहरूले तोड़फोड़ गरेपछि एक सीसीटीवी र एक मेमोरी कार्ड आफूसित लगेर गए।
द डेली स्टार समाचार पत्रको रिपोर्ट अनुसार, मीरपुर थाना प्रभारी मोमिनुल इस्लामले बताए, घटना आइतवार राति 8:00 बजीदेखि 8:30 बजी बीच भएको हुनसक्छ। अहिलेसम्म कसलाई पक्राउ गरिएको छैन न त शिकायत दर्ता गरिएको छ। घटनाको जाँच जारी छ।
मन्दिर समितिका पूर्व सचिव बादल कुमरा डेले भने, हामीले यहाँ गत तीन वर्षदेखि दुर्गा पूजाको आयोजन गर्दै आइरहेका छौं। दुर्गा पूजा अगाड़ी भएको यस घटनाले सबै भयभीत छन्। बदमाशहरूले मन्दिरको सुरक्षा क्यामरा र त्यसको मेमोरी कार्ड लूटे।
कुश्तियाका उपायुक्त अबू हसनत मोहम्मद अराफिनले सोमवार घटनास्थलको दौड़ाह गरे औं भने, जाँचपछि उचित कानूनी कारबाही गरिनेछ।
मन्दिरमा रहेको सुरक्षा उपायहरूबारे सोधिएपछि अराफिनले भने, नयाँ क्यामरा लगाइएको छ। यस बाहेक अन्सारका सदस्य चौबीसै घण्टा तैनाथ ऱहन्छन्। स्थिति अब सामान्य छ।
मन्दिर समितिका सचिव श्रीभाष कुमार डेले भने, उनले यस घटनाको सम्बन्धमा कुश्तियाका पुलिस अधीक्षकसित चर्चा गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी