राजनीतिक खैलाबैलाबीच पलानीस्वामी दिल्ली प्रस्थान
पलानी


चेन्नई, 16 सेप्टेम्बर (हि.स.)। गत हप्ता वरिष्ठ एआईएडीएमके नेता सेनगोट्टैयनको केन्द्रिय गृहमन्त्री अमित शाहसित भेटपछि राजनीतिक खैलाबैलाबीच अखिल भारतीय अन्ना द्रविड़ मुनेत्र कड़गम (एआईएडीएमके) नेता एवं पूर्व मुख्यमन्त्री एडप्पादी पलानीस्वामी आज बिहान नयाँ दिल्लीको निम्ति प्रस्थान भएका छन्। उनको नयाँ दिल्ली यात्राको राजनीतिक महत्व बढ़ेको छ।

एआईएडीएमके महासचिव र तमिलनाडुमा विपक्षका नेता पलानीस्वामी गत केही हप्तादेखि 'जनता बचाओ र तमिलनाडु बचाओ' को ब्यानरमुनि 2026 को विधानसभा चुनाउलाई मध्यनजर गरेर जिल्लाहरूको दौड़ाह गरिरहेका छन्। यस्तो स्थितिमा एआईएडीएमकेका वरिष्ठ नेताहरूमध्ये एक सेनगोट्टैयनले पार्टी छोड़्ने सबै मानिसहरूसित एकजुट हुने आग्रह गरे।

यसपछि उनलाई अचानक पार्टीका सबै जिम्मेवारीहरूदेखि मुक्त गरियो। केही दिन अगाड़ी हरिद्वार दौड़ाहमा दिल्ली गएका सेंगोट्टैयनले कथित रूपमा केन्द्रिय गृहमन्त्री अमित शाहलाई भेटे। यसबाट तमिलनाडुको राजनीतिक खेमामा खैलाबैला मच्चियो।

तमिलनाडूको दौड़ाह गरिरहेका पलानीस्वामीले आफ्नो चुनाउ प्रचार दुई दिनको निम्ति स्थगित गरे औं आज बिहान चेन्नई हवाई अड्डाबाट एयर इण्डियाको विमानमा दिल्लीको निम्ति उड़ान भरे। अन्नाद्रमुकका प्रमुख पदाधिकारी केपी मुनुस्वामी र एसपी वेलुमणि पनि उनको साथ दिल्ली प्रस्थान भएका छन्। दिल्लीमा पलानीस्वामीले नवनिर्वाचित उपराष्ट्रपति सीपी राधाकृष्णनलाई भेट्नेछन् औं उनलाई बधाई दिनेछन्।

पलानीस्वामीले नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाह सहित भाजपाका प्रमुख नेताहरूलाई भेट्ने सक्ने बताइएको छ। यस बाहेक यस बैठकमा पलानीस्वामी, अमित शाहसित अन्नाद्रमुक-भाजपा गठबन्धनलाई मजबूत गर्नेछन् र पार्टीबाट निष्कासित अन्नाद्रमुक पदाधिकारीहरूदेखि दूरी बनाउने आग्रह गर्नसक्छन्।

यस अगाड़ी पलानीस्वामीले हिजो एक चुनावी ऱ्यालीमा प्रश्न उठाएका थिए, जसले पार्टीको साथ विश्वासघात गरेका छन् र पार्टी छोड़ेका छन्, उनीहरूलाई पार्टीमा पुनः कसरी ल्याउन सकिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande