प्रधानमन्त्री मोदीले आज आफ्नो जन्मदिनमा मप्रको धारमा महिला-केन्द्रित स्वास्थ्य सेवाहरूको राष्ट्रव्यापी अभियानको शुरूआत गर्ने
मोदी़


नयाँ दिल्ली, 17 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 17 सेप्टेम्बरमा आफ्नो जन्मदिनमा मध्य प्रदेशको धार जिल्लामा ‘स्वस्थ नारी सशक्त परिवार’ र ‘आठौं राष्ट्रिय पोषण माह’ अभियानको शुभारम्भ गर्नेछन्। यस राष्ट्रव्यापी अभियानको उद्देश्य सामुदायिक स्तरमा महिला-केन्द्रित स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो। प्रधानमन्त्री कार्यालय अनुसार, यो अभियान आजदेखि 02 अक्टोबरसम्म देशभरिका आयुष्मान आरोग्य मन्दिरहरू, सामुदायिक स्वास्थ्य केन्द्रहरू (सीएचसी), जिल्ला अस्पतालहरू र अन्य सरकारी स्वास्थ्य केन्द्रहरूमा आयोजित गरिनेछ।

प्रधानमन्त्री कार्यालय अनुसार, एक लाखभन्दा अधिक स्वास्थ्य शिविर आयोजित गरिनेछ, जसबाट यस देशमा महिलाहरू र नानीहरूका लागि अहिलेसम्मको सबैभन्दा ठूलो अभियान बन्नेछ। देशभरिका सबै सरकारी स्वसाथ्य केन्द्रहरूमा प्रतिदिन स्वास्थ्य शिविर आयोजित गरिने। प्रधानमन्त्री मोदीले यस अवसरमा अन्य धेरै पहलहरूको शिलान्यास र शुभारम्भ पनि गर्नेछन् र उपस्थित जनसमूहलाई सम्बोधित गर्नेछन्। प्रधानमन्त्री मातृ वन्दना योजना अन्तर्गत देशभरिका पात्र महिलाहरूको ब्याङ्क खाताहरूमा एक क्लिकले सीधा धनराशि हस्तान्तरित गर्नेछन्। यसबाट देशका लगभग दश लाख महिलाहरूलाई लाभ पुग्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande