पञ्जाबबाट 1 र जम्मू-कश्मीरबाट 4 राज्यसभा सीटको निम्ति मतदान 24 अक्टोबरमा
पञ्जाबबाट 1 र जम्मू-कश्मीरबाट 4 राज्यसभा सीटको निम्ति मतदान 24 अक्टोबरमा


नयाँ दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। चुनाउ आयोगले पञ्जाबको 1 र जम्मू-कश्मीरको 4 राज्यसभा सीटका लागि क्रमशः उपचुनाउ र चुनाउको घोषणा गरेको छ।

पञ्जाबबाट राज्यसभा सदस्य संजीव अरोड़ाले 01 अगस्तमा राजीनामा दिएको कारण सीट रिक्त भएको थियो। यस सीटको निम्ति 06 अक्टबरमा अधिसूचना जारी गरिनेछ। मतदान 24 अक्टोबरमा हुनेछ। त्यही दिन परिणाम आउनेछ।

अर्कोतिर, जम्मू-कश्मीरमा 4 राज्यसभा सीटका लागि चुनाउ हुनेछ। यसमध्ये दुई सीट 10 फरवरी 2021 र 2 सीट 15 फरवरी 2021 मा सदस्यहरूको कार्यकाल पूरा भएदेखि रिक्त भएको थियो। यद्यपि, जम्मू-कश्मीरमा विधानसभा नभएको कारण यी सीटहरूमा चुनाउ हुन सकेन। अब राज्यमा विधानसभा भएदेखि यी सीटहरूमा मतदानको निम्ति निर्वाचक मण्डल उपलब्ध छ।

राज्यका चार सीटको निम्ति 06 अक्टोबरमा अधिसूचना जारी गरिनेछ। 24 अक्टोबरमा मतदान हुनेछ र त्यही दिन परिणाम आउनेछ। यद्यपि, चार सीट अलग-अलग कार्यकालसित जोड़िएको छ, यसैले मतदान एक, एक र दुई सीटको निम्ति अलग-अलग हुनेछ अर्थात् निर्वाचन मण्डलले तीन पल्ट मतदान गरी एक-एक र दुई सदस्यको चुनाउ गर्नेछ।

उल्लेख्य, पञ्जाबमा आम आदमी पार्टीको ठूलो बहुमतको सरकार छ भने जम्मू-कश्मीरमा नेशनल कन्रे सन्स र कांग्रेस गठबन्धनको सरकार छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande