उपराज्यपाल मनोज सिन्हाले वरिष्ठ अधिकारीहरूसित सुरक्षा समीक्षा बैठक गरे
उपराज्यपाल मनोज सिन्हाले वरिष्ठ अधिकारीहरूसित सुरक्षा समीक्षा बैठक गरे


श्रीनगर, 26 सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले शुक्रवार क्षेत्रमा सुरक्षा स्थितिको समीक्षा गर्नका लागि श्रीनगरको राजभवनमा एकीकृत मुख्यालयको एक बैठकको अध्यक्षता गरे।

उपराज्यपालले क्षेत्रको वर्तमान सुरक्षा परिदृश्यमाथि भएको समीक्षा बैठकमा शीतकालको तयारी, नियन्त्रण रेखामा पाकिस्तानको हालैको कारबाही तथा अन्य महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गरे। उपराज्यपाल सिन्हालाई शीर्ष अधिकारीहरूले जम्मू-कश्मीरको वर्तमान सुरक्षा स्थिति बारे जानकारी दिए।

सेनाका उत्तरी कमाण्डर लेफ्टिनेन्ट जनरल प्रतीक शर्मा, जम्मू-कश्मीरका पुलिस महानिदेशक नलिन प्रभात, मुख्य सचिव अटल डुलू, अर्धसैनिक बल तथा गुप्चतर एजेन्सीका प्रमुखहरू यस महत्वपूर्ण समीक्षा बैठकमा सामेल भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande