सिक्किममा नयॉं एनसीसी ग्रुप मुख्यालय स्थापना गरिने
सिक्किममा नयॉं एनसीसी ग्रुप मुख्यालय स्थापना गरिने


गान्तोक, 26 सेप्टेम्बर (हि.स.)। मेजर जनरल एपीएस चहल, एसएम, अतिरिक्त महानिदेशक एनसीसी (सिक्किम एवं पश्चिम बंगाल) एवं अन्य अधिकारीहरूले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।

यस अवसरमा मेजर जनरलले राज्यपाललाई सिक्किममा एउटा नयॉं एनसीसी ग्रुप मुख्यालय स्थापना भइरहेको जानकारी गराए। पहिले सिक्किम र पश्चिम बंगालको एनसीसी मुख्यालय संयुक्त रूपमा सञ्चालन भइरहेको थियो भने अब सिक्किमलाई एक स्वतन्त्र ग्रुप मुख्यालय प्राप्त हुनेछ। यसले राज्यमा एनसीसीको गतिविधिहरू अझ सशक्त बन्ने उनले बताए।

बैठकमा राज्यमा एउटा नयॉं बटालियन गठनलाई लिएर पनि चर्चा भयो, जसद्वारा राज्यका युवाहरूलाई एनसीसीको माध्यमले राष्ट्र सेवाको अवसर प्राप्त हुनेछन्। राज्यपालले सिक्किमको एनसीसी क्याडेट्सको सराहना गर्दै भने, उनीहरूले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राज्यलाई गौरवान्वित तुल्याइरहेका छन्। एनसीसीले युवाहरूमा अनुशासन, नेतृत्व र राष्ट्रभक्तिको भावनालाई प्रबल बनाउॅंछ।

राज्यपालले भने, प्रधानमन्त्री नरेन्द्र मोदी देशमा एनसीसी क्याडेट्सको संख्या 25 लाखसम्म बढाउन चाहन्छन् ताकि धेरैभन्दा धेरै युवाहरू यस संगठनसॅंग जोडिएर राष्ट्र निर्माणमा योगदान दिन सकुन्। राज्यपालले सिक्किमका स्कूल र कलेजहरूमा एनसीसी क्याडेट्सको संख्यामा वृद्धि गर्न पनि आग्रह गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande