हेमन्त मुखर्जीको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
हेमन्त मुखर्जीको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 26 सेप्टेम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बंगाली संगीत जगतका दिग्गज गायक औ संगीतकार हेमन्त मुखर्जीको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। शुक्रवार सोशल मीडियामा लेखिन्, आज पनि बंगाली समाज उनको गायकीबाट भावविभोर हुन्छन्। उनका रचनाहरू कहिल्यै पुरानो हुँदैन।

ममता ब्यानर्जीले आफ्नो सन्देशमा लेखिन्, “यो कालजयी स्वर आज पनि हृदयमा गुञ्जिन्छ। उनले स्मरण गराइन्, यस महान कलाकारको स्मृतिमा कोलकातामा एक महत्वपूर्ण सड़कको नामारण गरिएको छ साथै मेट्रो स्टेशनको नाम पनि उनको नाममा राखिएको छ।

मुख्यमन्त्रीले भनिन्, बंगालले उनको प्रतिभा तथा योगदानमाथि गर्व महसूस गर्दछ अनि हामी स्वयंलाई धन्यवाद मान्छौं कि यस कालजयी गायकको धरोहरलाई सम्हाल्नको लागि केही कदम चाल्न सक्यौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande