पटना, 28 सेप्टेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको लागि भारतीय जनता पार्टी (भाजपा)-ले चुनाउ अभियान समितिका सदस्यहरूको नाम घोषणा गरेको छ। भाजपाले मोठ 45 जना सदस्यहरूलाई चुनाउ अभियानको जिम्मेवारी सुम्पिएको छ। सबै सदस्यहरूलाई अलग-अलग क्षेत्रको कमान सुम्पिइनेछ। यस सूचीमा दिग्गज नेताहरूसँगसँगै युवाहरूलाई पनि स्थान दिइनेछ।
बिहार भाजपाको पक्षबाट जारी सूचीमा प्रदेश अध्यक्ष डा. दिलीप जायसवाल, राज्यका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय कुमार सिन्हा, केन्द्रिय मन्त्री गिरिराज सिंह, नित्यानन्द राय, सतीश चन्द्र दुबे, पूर्व केन्द्रिय मन्त्री राधा मोहन सिंह, सांसद डा. सञ्जय जायसवाल, गोपाल नारायण सिंह, रविशंकर प्रसाद, राजीव प्रताप रूड़ी औ अश्विनी कुमार चौबेलाई सामेल गरिएको छ। यस अतिरिक्त समितिमा राज्य सरकारमा मन्त्री मंगल पाण्डेय, डा. प्रेम कुमार, राजभूषण निषाद, रेणु देवी, जनक राम, हरि सहनी, ऋतुराज सिन्हा, सैयद शाहनवाज हुसैन, रमा देवी, प्रदीप कुमार सिंह, जनार्दन सिंह सीग्रीवाल, गोपालजी ठाकुर, अशोक यादव, विवेक ठाकुर, शम्भू शरण पटेललाई सामेल गरिएको छ।
भाजपाको चुनाउ अभियान समितिमा धर्मशीला गुप्ता, कृष्ण कुमार ऋषि, अनिल शर्मा (बख्तियारपुर), कृष्ण कुमार मन्टू, राम नारायण मम्डल, डा. राजेन्द्र प्रसाद गुप्ता, वीरेन्द्र चौधरी, हरि माँझी, अशोक अग्रवाल, लालमोहन गुप्ता, बेबी कुमारी, शीला प्रजापति, यू.पी. शर्मा, राजेन्द्र चौपाल, उपेन्द्र प्रसाद, राम कुमार राय, विश्वमोहन कुमार र तल्लु वासकी पनि सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा