नयाँ दिल्ली, 28 सेप्टेम्बर (हि.स.)। दक्षिण पश्चिम जिल्लाको वसन्त कुञ्ज नर्थमा 17 जना युवतीहरूसित यौन शोषण गरेको आरोपमा भगौड़ा आरोपी स्वामी चैतन्यानन्द सरस्वतीलाई पुलिसले आगराको एक होटलबाटपक्राउ गऱ्यो। तिनलाई आज भोर बिहान 3.50 बजे पक्राउ गरिएको हो। आरोपीलाई आज अदालतमा पेश गरिनेछ। दिल्ली पुलिसले आरोपीबाट दुईवटा नक्कली भिजिटिंग कार्ड़ जफत गरेको छ। यस अतिरिक्त आरोपीबाट तीन वटा मोबाइल फोन पनि जफत गरियो जसमा एउटा आइफोन रहेको छ। पहिलो भिजिटिंग कार्ड यूनाइटेड नेशनको छ। आरोपीले आफूलाई यूनाइटेड नेशनको परमनेन्ट एम्बासेडर बताउँथे। दोस्रो भिजिटिंग कार्ड ब्रिक्स देशहरूको ज्वोइन्ट कमिशन मेम्बरको रहेको छ। यसबाट उसले आफूलाई इण्डियाको स्पेशल इन्भोव बताउँथे।
पुलिसले बतायो, स्वामी चैतन्यानन्द भाग्ने क्रममा वृन्दावन, आगरा र मथुरा वरपर नै बसे। तिनले 15 वटाभन्दा अधिक होटलहरू परिवर्तन गरे। पुलिसले बतायो, वर्ष 1998-मा दिल्लीका एलजीले वसन्त कुञ्जमा शारदा पीठलाई यो प्लट आवन्टन गरेका थिए जहाँ यो मठ छ।
बाबालाई केही सीमित कामहरूको लागि मठको अटार्नी बनाइएको थियो। वर्ष 2008-मा बाबाले अनुमति नमागी कतिपय मानिसहरूसित मिलेर इन्स्टीट्यूटको नाम परिवर्तन गरे। यसको नाम श्री शारदा इन्स्टीट्यूट अफ इण्डियन म्यानेजमेन्ट राखियो। जाली दस्तावेजको आधारमा मठमा 40 करोड़ रुपियाँ धाँधली गरियो अनि अनुमति बिनै मठको सम्पत्तिलाई भाड़ामा दिइयो।
आरोपी बाबासित दुई वटा पासपोर्ट छ। पहिलो पासपोर्ट स्वामी पार्थ सारथीको नाममा र दोस्रो पासपोर्ट स्वामी चैतन्यान्द सरस्वतीको नाममा छ। बाबाले यी दुवै पासपोर्ट जाली दस्तावेजको आधारमा हासिल गरेका थिए। पहिलो पासपोर्टमा जन्मस्थान दार्जीलिङ अंकित छ भने दोस्रोमा तमिलनाडु अंकित छ।
आरोपीको यूनियन ब्यांक अफ इण्डियामा दुई वटा अकाउण्ट थियो, तर दुवै भिन्न-भिन्न नाममा। पुलिसले बतायो, 17 जना छात्राहरूको यौन उत्पीड़न गरेको मामिलामा आरोपी चैतन्यानन्द बितेको लामो समयदेखिकै भागेका थिए। दिल्ली पुलिसले तिनलाई पक्राउ गर्नको लागि धेरैवटा टीम बनाएर ठाउँ-ठाउँमा छापामारी गरिरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा