जयन्तीमा भगत सिंहलाई कंग्रेसले अर्पण गऱ्यो श्रद्धासुमन
जयन्तीमा भगत सिंहलाई कंग्रेसले अर्पण गऱ्यो श्रद्धासुमन


हरिद्वार, 28 सेप्टेम्बर (हि.स.)। जिल्ला महानगर कंग्रेस कमिटीद्वारा शहीद-ए-आजम भगत सिंहको 119औं जयन्तीको अवसरमा हाइवेस्थित 23 मार्च पार्कमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरियो।यस अवसरमा जिल्ला महानगर कंग्रेस अध्यक्ष अमन गर्ग र स्वतन्त्रता सेनानी उत्तराधिकारी प्रकोष्ठ अध्यक्ष मुरली मनोहरले भने, शहीद-ए-आजम भगत सिंहको शाहदतबाट हामी संकल्प लिनुपर्छ कि अन्याय र अत्याचर भएको छाउँमा डटेर सामना गर्नेछौं।

पूर्व प्रदेश महासचिव वरुण बालियान र वरिष्ठ कंग्रेस नेता मनोज सैनीले भने, भगत सिंहले जलियावाला बागकाण्डबाट चोटिल भएर स्वतन्त्रता संग्राममा सामेल भएर सक्रिय भूमिका निर्वाह गरे। महिला कंग्रेस शहर अध्यक्ष लता जोशी औ ब्लक अध्यक्ष विकास चन्द्राले भने,, भगत सिंहले अंग्रेजी शासनविरूद्ध इन्कलाबको नारा घन्काए। पूर्व पार्षद कैलाश भट्ट र उदयवीर सिंह चौहानले भने, भगत सिंहले शोषणहीन समाजको परिकल्पना गरे र समाजवादी गणराज्यको कल्पना गरेका थिए जसमा सबैलाई समान हक प्राप्त होस्। पार्षद हिमांशु गुप्ता र सोहित सेठीले भने, भगत सिंहजीको बलिदानले हामीलाई प्रेरणा दिन्छ कि समाजमा अन्याय भए त्यसको विरोधमा उभिने।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande