पत्नी र छोरीलाई गोली दागेपछि आफूलाई चक्कुले प्रहार गरी घाइते बनायो
पत्नी र छोरीलाई गोली दागेपछि आफूलाई चक्कुले प्रहार गरी घाइते बनायो


भागलपुर, 28 सेप्टेम्बर (हि.स.)। जिल्लाको गोराडीह थाना अन्तर्गत बदलुचक गाउँमा आइतवार एकजना व्यक्तिले आफ्नी पत्नी र छोरीलाई गोली दागेपछि आफूलाई चक्कुले प्रहार गरी आत्महत्या गर्ने प्रयास गऱ्यो। तीनैजना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। हाल सबैको स्थिति गम्भीर रहेको बताइएको छ। घाइतेहरूको पहिचान बदलुचक निवासी मोहम्मद मजहर, उसकी पत्नी अफरोज र छोरी शकिलाको रूपमा भएको छ।

भनिन्छ, मजहरले पत्नीको पेटमा दागेको गोलीले पेटलाई छेड़ेर नजिकै सुतिरहेकी छोरीको छात्तीमा पुगेर फस्यो। पत्नीलाई गम्भीर अवस्थामा निजी नर्सिंग होममा भर्ती गराइएको छ भने छोरीको जावहरलाल नेहरू मेडिकल कलेज एवं अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा भर्ती शकिलाले बताइन्, तिनी सुतिरहेकी थिइन्, अचानक बुवाले गोली चलाए। आरोपी मजहरले भन्यो, उसले आक्रोशित थियो त्यसैले गोली चलाएको हो। उसले यो पनि स्वीकार गऱ्यो, उसित पहिलाबाटै बन्दुक र गोली थियो। हाल उसको उपचार पुलिस कस्टडीमा भइरहेको छ। घटनाको जानकारी पाउनसाथ गोराडीह थानाध्यक्ष सञ्जय कुमार पुलिस बलसितै घटनास्थलमा पुगे अनि घटनाको जाँच शुरू गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande