खड़गपुर, 28 सेप्टेम्बर (हि. स.)। कोलाघाट स्टेशनमा यार्ड रिमडलिंग कार्य अन्तर्गत खड़गपुर मण्डलमा आगामी दुई अक्टुबरदेखि 13 अक्टोबर, 2025-सम्म नन-इन्टरलकिंग (एनआई) कार्यक्रम हुनेछ। यसले गर्दा केही लोकल तथा मेल/एक्सप्रेस ट्रेनहरूको परिचालन प्रभावित हुनेछ।
रेलवे अनुसार यस अवधि प्रतिदिन विभिन्न ईएमयू लोकल ट्रेनहरूलाई रद्द गर्नुपर्नेछ। यसरी नै 10 अक्टोबरमा हटिया–हावड़ा (18615/16), हावड़ा–चक्रधरपुर–हावड़ा (18011/12) औ हावड़ा–बोकारो–हावड़ा (18013/14) एक्सप्रेसको संचालन ठप्प रहनेछ।
यस अतिरिक्त पुणे–हावड़ा, पुरी–सियालदह, पुरी–हावड़ा, सीएसएमटी–हावड़ा, एलटीटी–शालीमार, डिब्रुगढ़–केप तथा गुवाहाटी–एसएमवीबी एक्सप्रेस सहित केही रेलहरू एकदेखि तीन घण्टासम्म ढिल्लायी गरी चल्नेछ।
रेलवेले यात्रीहरूसित अपील गरेको छ, यात्रापूर्व ट्रेनहरूको स्थिति अवश्य जाँच गर्नुहोस् अनि त्यसै अुरूप आफ्नो यात्राको योजना बनाउनुहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा